२०८२ मंसिर २० गते, शनिबार १७:३०

गण्तन्त्र, गुठियार आन्दोलन, शिवसेना नेपालको ऐक्यवद्धता र अबको बाटो

– सुजाता श्रेष्ठ घिमिरे
‘काम भन्दा कुरा ठूलो, हिंड्न लाग्यो खुट्टा लुलो’ “नाच्न नजान्ने आँगन टेढो” यी दुई उखान टुक्कालाई चरितार्थ पार्दै आएको दुई तिहाई बहुमतको नक्कली वामपंथीको ओली नेतृत्वको सरकार विधेयक विवादमा परेर निकम्मा सावित भएको छ ।

संसदमा सरकारले पेश गरेको सबै विधेययक जन विरोधी र विवादास्पद बनेको कारण रद्दीको टोकरीमा फाल्नुपर्ने बाध्यता आएको छ । संसदमा पेस भभएका नागरिकता संशोधन विधेयक, गुठी सम्बन्धी कानुन, एकीकरण र संशोधन गर्न बनेको विधेयक, कर्मचारी विधेयक, मिडिया काउन्सिल विधेयक आदि सबै विधेयक विवादमा परेका कारण पारीत हुन सकेको छैन ।

पूंजीवादी दलाल, ठग, कमिशनखोर, घुसखोर र भ्रष्टाचारीको संरक्षक भनेर चर्चित ओली सरकारले गर्नै पर्ने काम केही नगरेको र गर्न नहुने थुप्रै काम गरेको भनेर सरकारको आलोचना हुँदै आएको छ ।

गुठी सम्बन्धी विधेयकलाई लिएर सिंगो देश आन्दोलित बनेको छ । असार ४ गते काठमाण्डौमा गुठियारहरुको विशाल विरोध प्रदर्शन ओली सरकारको विरुद्धको आन्दोलनको संकेत थियो । गुठियारहरुले विधेयक खारेज गर्नुपर्ने माग राखेर सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।ि सनातन समयदेखि चल्दै आएको परम्परामाथि असर पार्न खोजेको, गुठी परम्परा र संस्कृतिलाई तहसनहस बनाउन गुठी सम्बन्धी विधेयक आएको, गुठीसम्बन्धी विधेयक जनभावना विपरित रहेको, गुठीलाई अव्यवस्थित गर्न ल्याइएको विधेयक भनेर सांसदहरुले संसदमा चर्को आलोचना गरेका छन् । गुठी विधेयकक लगभग फिर्ता लिने अवस्थामा सरकार पुगेको छ ।

संसदमा पेश भएका विभिन्न विधेयक जन विरोधी, राष्ट्रविरोधी र नेपालको मौलिकता, सांस्कृतिक र पहिचान विरोधी भएकै कारण विभिन्न तह, तप्का, क्षेत्र, वर्ग, समुदाय र संगठनहरू संयुक्त रुपमा सरकारलाई खबरदारी गर्दै राष्ट्रघाती विधेयक तथा कदम नचाल्न चेतावनी स्वरुप गत असार ४ गते राजधानी काठमाण्डौको माइतीघर मण्डलामा ऐक्वद्धतासहित सहभागी भएका थिए ।

संघीय धर्म निरपेक्षक गणतान्त्रिक व्यवस्थाको संविधान जारी हुनुभन्दा अघिको १० वर्ष र त्यसपछिका दुई वर्ष यताका निरन्तर रुपले राज्य पक्षबाट नेपालको मौलिक पहिचान, संस्कृति, परम्परा, आत्मस्वाभिमान मेटाउने षड्यन्त्र अनुरुपका कार्य हुँदै आएकोमा शिव सेना नेपाल वैचारिक क्रान्ति र आन्दोलनमार्फत त्यसको प्रतिकार गर्ने गृहकार्यमा लागि परेको छ ।

राष्ट्र, राष्ट्रियता र जनता एवं सनातन धर्म संस्कृतिको रक्षाकोलागि स्थापित शिवसेना नेपाल राजधानसहित पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म संगठन विस्तार गर्दै धर्म रक्षाकोलागि कसरी अघि बढ्ने भन्ने विषयमा जन–जनमा छलफल र विचार विमर्श गरिरहेको छ । दुई तिहाई बहुमतको दम्भमा वर्तमान सरकारले नागरिकको अभिमतको बेवास्ता गरी राष्ट्रलाई तहस नहस पार्न सक्रिय रहेको शिव सेना नेपालले ठहर गरेकै कारण राजधानी काठमाण्डौमा गुठियारहरुको आन्दोलनमा शिव सेना नेपालले ऐक्वद्धतासहितको सहभागिता जनाएको थियो ।

त्यसैगरी संसदमा सरकारले पेश गरेका नागरिकता संशोधन विधेयक, गुठी सम्बन्धी कानुन, एकीकरण र संशोधन गर्न बनेको विधेयक, कर्मचारी विधेयक, मिडिया काउन्सिल विधेयक आदि सबै विधेयक जन विरोधी र विवादास्पद रहेका कारण यी विधेयक खारेजी मात्र नभई श्रृङ्खलाविरुद्ध राष्ट्रविरोधी कृयाकलाप हुँदै आएको वर्तमान व्यवस्था खारेजीकोलागि ऐक्यवद्धताको खाँचो रहेको देखिएको छ ।

सानातिना आन्दोलन, प्रदर्शन, संघर्ष र विरोधले राज्यको ध्यानाकृष्ट भएपनि ओलीको दम्भ, छुच्चोपन प्रवृत्ति, विदेशीको चाटुकारीताका कारण जनताको आवाज र भावना ओझेलमा परेपछि यसले राज्यलाई दीर्घकलीन प्रभाव पर्ने हुँदा राष्ट्रको रक्षाकोलागि कुनै एक निश्चित माग मात्र नराखी सिंगो राष्ट्रलाई विदेशीका दलालहरुको चंगुलबाट निकाल्न देशमा शान्ति, सु–व्यवस्था, आपसी सद्भाव र राष्ट्रिय एकतापूर्ण आन्दोलनकोलागि तयार हुनु नै आजको अनिवार्य आवश्यकता बनेको छ ।

२०७६ असार १२ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM