२०८२ माघ २६ गते, सोमबार १०:३९

५८ सालपछि परीक्षा छुटेका स्नातकोत्तर, स्नातक र प्रवीणता तहमा अन्तिम मौका परीक्षा खुल्यो

त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछि विशेष कारणले परीक्षा छुटेका विद्यार्थीका लागि मौका परीक्षा खुलाएको छ । स्नातकोत्तर, स्नातक र प्रवीणता प्रमाणपत्र तहमा व्यावहारिक र थेसिस छुटेका विद्यार्थीका लागि परीक्षा दिन पाउने मौका परीक्षाको सूचना त्रिविले निकालेको हो ।

यो सबै संकायका विद्यार्थीका लागि मौका भएको त्रिविले जनाएको छ । थेसिस पेपर, व्यावहारिक परीक्षा र शिक्षण अभ्यास दिन बाँकी रहेका सबैलाई यो मौका दिइनेछ । थप जानकारीका लागि सूचना तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

यता नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी जानकारी गराउने उद्देश्यले ‘१३ औँ शैक्षिक मेला’ आयोजना गर्ने भएको छ ।

सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष विष्णुहरि पाण्डेले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई त्यहाँको शिक्षाबारे जानकारी गराउन मेला आयोजना गरिएको बताउनुभयो । “यहाँबाट विदेशमा पढ्न जाँदा धेरै विद्यार्थी कुन विषय कहाँ पढ्ने भनेर अलमलमा पर्ने गर्दछन्”, उहाँले भन्नुभयो, “त्यसैले विदेशको शिक्षाबारे यहीँ जानकारी गराउन मेला आयोजना गरिएको हो ।”

मेलामा स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालय र त्यहाँबाट प्राप्त हुने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षाका बारेमा समेत जानकारी गराइनेछ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा यही असार २६ देखि २९ गतेसम्म सञ्चालन हुने मेलामा करीब चार सय शैक्षिक संस्थाका स्टल राखिनेछ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा उपत्यकाबाट आउने विद्यार्थीलाई लक्षित गरी निश्चित रुटमा निःशुल्क यातायातको व्यवस्थासमेत गरिएको सङ्घका अध्यक्ष पाण्डेले बताउनुभयो । मेलामा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मनलगायत देशका विश्वविद्यालय तथा कलेजको समेत सहभागित हुनेछ ।

यसैगरी पूर्वप्राथमिक विद्यालय तहमा काम गर्ने शिक्षकले प्राथमिक तहका शिक्षकसरहको तलब सुविधाको माग गर्दै आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष लक्ष्मीनारायण दुवाल, नेक्राशिसङ्घ भक्तपुर जिल्ला समितिका सचिव गणेशराम थुसा र राहत शिक्षक एकाइका संयोजक सीतालक्ष्मी छुस्याकीको नेतृत्वमा आएको टोलीले सो ज्ञापनपत्र बुझाएको हो ।

प्रावि तहमा काम गर्ने शिक्षकको शैक्षिक योग्यता एसइइ पूरा भएको हुनुपर्ने, राहत शिक्षकलाई प्रत्येक वर्ष पुनःताजगी तालीम दिलाइनुपर्ने, विद्यार्थी सङ्ख्याअनुसार प्रत्येक १५ विद्यार्थी बराबर एक शिक्षकको व्यवस्था हुनुपर्ने माग ज्ञापनपत्रमा छ । तलब भत्ता, पोशाक भत्ता तथा महङ्गी भत्ताका साथै पेशागत सुनिश्चितताको व्यवस्था गरिनुपर्र्ने र स्थानीय सरकार तथा प्रदेश सरकार समेतले शिक्षामा बजेट व्यवस्था गर्नुुपर्नेलगायत १२ बुँदे माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख सुनिल प्रजापतिले राहत शिक्षकको समस्या सम्बोधन गर्न नगरपालिका सकारात्मक रहेको र नगरभित्रका सामुदायिक तथा आधारभूत विद्यालयका शैक्षिकस्तर उठाउन शिक्षक–शिक्षिकालाई नयाँ सिकाइ प्रविधिको तालीम सञ्चालन गरी विद्यालयको नियमित अनुगमन गरिने बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM