Sunday, September 8, 2024
घरसमाचारगुठी विधेयक विरुद्धको आन्दोलन सशक्त बन्दै सरकार र व्यवस्था विरुद्ध बसन्तपुरमा...

गुठी विधेयक विरुद्धको आन्दोलन सशक्त बन्दै सरकार र व्यवस्था विरुद्ध बसन्तपुरमा नाराबाजी

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, २ असार/

सरकारले ल्याउन लागेको गुठी विधेयक विरुद्ध जनआक्रोश बढ्दो छ । दिनानुदिन राजधानी काठमाण्डौ, ललितपुर, भक्तपुरका विभिन्न स्थानका साथै देशभरका राष्ट्रवादी नागरिकहरू आन्दोलित भई सो विधेयक खारेजीको माग गरेका छन ।

सोही क्रममा सोमबार राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले राजधानी काठमाण्डौको बसन्तपुर दरबार क्षेत्रमा विरोधसभाको आयोजना गरेको छ ।
सो सभामा सहभागी वक्ताहारुले वर्तमान गणतान्त्रिक सरकारले चौतर्फी रूपमा नेपालीहरुको धर्म, संस्कृति, परम्परा र रीतिरिवाज माथि प्रहार गर्ने उद्देश्यले अभिप्रेरित भई लागि परेको आरोप लगाएका छन ।

 

हजारौं नागरिकहरु सहभागी सो विरोधसभामा सहभागीहरुले “बालुवाटार बेचिसक्यो, गुठी बेच्न पाइंदैन, गुठी हाम्रो देशको पहिचान हो, पहिचान मेटाउन पाईंदैन, धर्म, संस्कृति र परम्परामाथिको प्रहार बन्द गर, गुठी विधेयक खारेज गरजस्ता नारासाहितको तूल, ब्यानर, प्लेकार्ड बोकेका थिए ।

सहभागी वक्ताहारुले सरकारबाट भैरहेको चौतर्फी अतिक्रमण सरकार स्वयंकै लागि घातक हुने बताए । वक्ताहरुले वर्तमान सरकारले यो विधेयक खारेज नगरे वर्तमान व्यवस्था र सरकार ढाल्न सशक्त आन्दोलन गर्न समेत पछि नपर्ने बताए । जनताको लासमाथि टेकेर विधेयक ल्याउन खोज्ने विरुद्ध जनता शसक्त प्रतिकारमा उत्रिन तैयार रहेको हुँदा सरकार पछि हट्नै पर्ने उहाँहरुको जोड़ थियो ।

सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोधमा बुधबार राजधानी काठमाण्डौमा ऐतिहासिक जनसागर सडक प्रदर्शनमा उत्रिने भएका छन ।

द्वारा आज बसन्तपुर दरबार मा आयोजित गुठी विधेयक 2075 खारेजी को माग गर्दै लाखौ को जनता को सहभागिता रहेको थियो र आयोजकले यदि यो विधेयक बर्तमान सरकार ले खारिज गर्दैन भने यो कम्युनिस्ट सरकार को अन्तिम सरकार हुने र राजधानी मा हाम्रो लास बांट यो गुठी विधेयक लागू हुन्छ भन्दै चेतावनी समेत दिएको छन ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -