– मणिराज सत्याल
२०५८/०२/१९ को विभत्स अकल्पनीय दरबार हत्या काण्ड पछि जब देशको बागडोर राजा ज्ञानेन्द्रको काँधमा आयो । देशको राजनीतिक अवस्था पनि माओवादी युद्धको उत्कर्षमा थियो । उदार राजा वीरेन्द्रबाट दललाई बढी बिश्वास गर्नाले प्रशासन पनि बिग्रँदै गयो । यसको उदाहरण, आजका आयल निगम काण्ड, एउटा खरदारको तीनवटा श्रीमती सहितको तिनैवटा बंगला लगायतलाई लिन सकिन्छ ।
जनता चाहेर नचाहेर दोहोरो करको मारमा परेका थिए । उद्योग मालिकहरु तेहेरो करमा ।
देश शोकाकुल र शान्तिको लागी ब्याकुल थियो ।
एउटा मलाई लागेको तितो सत्य भनौं २०५६ सम्म माओवादी जनहत्यारा थियो तर केहि सिमित चन्दा बाहेक खाओबाद नै त्यतिबेला सम्म भैसकेको भने थिएन ।
जब ५७ देखि माओवादी बलियो दक्षिणले देख्यो, दक्षिणले काखी च्याप्दै गयो ठूला नेता दिल्लीमा मेजमानीमा पर्न थाले, यता भोका कार्यकर्ता जनतालाई परेको डरको भरमा मनपरि गर्न थाले ।
दक्षिणले प्रचण्डलाई यतिसम्म उचाल्यो कि, राजा ज्ञानेन्द्रलाई कृतिम सम्म भन्न भ्याए । तर आज यसैको असर आखिर तत्कालीन माओवादी (आजका सिंगो कम्युनिष्ट)लाई नै परेको छ । किनकि २५० वर्षको सग्लो र अग्लो इतिहास लाई कृतिम भन्दा आफ्नै वास्तविक मालिक दक्षिण नै बन्नेछ भन्ने कुराको हेक्का राख्ने मौका दिल्लीले प्रचण्डलाई दिएन । आखिर माओवादी आफैं कृतिम कम्युनिष्ट रहेछ र पो पोइल गयो । नत्र अमेरिकी राजदुत पार्टी कार्यलयमा आउँदा लेनिन र मार्क्सको तस्वीर हटाउने अर्को कृतिम कम्युनिष्ट एमालेसंँग पोइल जान पर्ने थिएन । यसको असर बाबुरामलाई पनि कृतिम नयाँ शक्ति को पार्टी खोल्नु पर्ने थिएन । कृतिम थियो त्यो पनि त्यसैले आज बिलायो । मोहन बैद्य बिचरा बाबुराम र प्रचण्ड लाई दलालको नामाकरण गर्दै गोंगबुमा आफैं बिलाउन लागिसके । अर्का बिप्लप महाभारतमा चिच्याउन सुरु गरिसके । किनकि बञ्चरो मा धार लगाउने हंसिया बनाउने “प्रकान्ड“दोस्रो बाबुराम नबन्ने मनस्थितिमा छन् भन्ने धेरै को मुखबाट सुनिन थालिसकेको छ ।
फेरि अगाडि कै बिषयमा जाउँ ,
महेन्द्र राजाकै बानी ब्यहोरा भएका तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र मौसुफ नारायणहिटिमा आउँदा दरबार का भारदार–कर्मचारी वीरेन्द्र हुँदा भन्दा बढी सतर्क हुन्थे भन्ने कुरा मैले बुझ्ने मौका पाएको थिएँ ।
जति शासकीय गुण राजा ज्ञानेन्द्रमा थियो र छ त्यति नै कोमल ह्दय थियो र छ । नत्र तानाशाही शासकले कहिल्यै गित र कविता लेख्दैन सुन्छ र नचाउँछ । किनकि जसलाई धेरै दुःख र पीडा अनुभव हुन्छ उहि गितकार र कवि हुन्छ । जो आफू दुःखबाट गुज्रिएको हुन्छ अर्कोको दुःख पनि देख्न सक्दैन ।
राजा ज्ञानेन्द्रमा प्रजातान्त्रिक संस्कार पनि थियो । यदी थिएन भने, आफैंले संसद पुनःस्थापन गरिदिएर आफू गद्दी त्यागेर नागार्जुन जादैन थिए, र कुनैपनी सर्तमा सत्ता र दरबार छोडेर जाँदैन थिए ।
जब राजकाज दरबार र देशको वास्तविक स्थिति बुझे राजनीतिक दललाई सहमति को लागी नारायणहिटिको ढोका खोले, तर दल दिल्ली तिरको सुन्न थाले, तब राजाको बेचैनी बढ्यो र फेरि पनि धैर्यता का साथ प्रधानमन्त्री को लागी आव्हान भयो ।
बिडम्बना दलबाट राजाको आव्हानलाई लत्याउँदै दिल्लीलाई नै आफ्नो मालिक बनाए र लक्ष्मण खड्का लाई प्रधानमन्त्रीले निवेदन हाल्न लगाए ।
धैर्यताको एउटै नाम राजा ज्ञानेन्द्रको सल्लाह भन्छन् र सम्झाउँछन दललाई मलाई तीन वर्ष समय देउ त्यसपछि पनि मैले राम्रो गर्न सकिन वा देशले गतिलिन सकेन भने म राजनीतिक दललाई नै देशको जिम्मेवारी दिन्छु भन्ने सन्देश दिएर मात्रै माघ १९ को कदम चालिएको हो । त्यो कदम पनि राम्रोस“ग बुझ्ने मौका नेपाली जनताले पाएको भए, राजसंस्था पछाडि धकेलिने थिएन, राजसंस्था भन्दा पनि धेरै पछाडि देश नै आज यसरी पछाडि पर्नुपर्ने थिएन ।
भन्नै पर्छ ४७ सालदेखि हालिमुहाली गर्दै, बैठक पछि बैठक गर्दै, भत्ता र कमिसनले सुन्निदै आएका नेतालाई, भत्ता र कमिसनको मुहान मालपोतमै नेपाली सेनाको तैनाथ भएपछि के भयो होला ? (पैसामा नबिक्ने नेताको बोलबाला भएको भए, आज विकासको संरचना स्थानीय विकास मन्त्रालय हुँदाहुँदै, प्रत्येक सांसद ६/६ करोड किन चाहियो ? ६/६ करोड छिट्टिएको थाहा पाउने बितिक्कै भोलिपल्ट न संसद मा सत्ता पक्ष देखियो न प्रतिपक्ष देखियो ।)
बल्लतल्ल पानीले निथ्रुक्क भिजेर शहर पसेको स्याल मरेको हात्तीको गुह्यप्वालबाट भित्र पसेर मासु खाँदै थियो, घाम लागेर छाला चाउरी परेपछि थुनिएझैं यिनिहरु भट्किए । दक्षिणले खोजेको मौका पनि यही थियो कि मुख्य दुई शक्तिलाई लडाएपछी उ त वकिल भैहाल्यो ।
एककिसिमले भ्रष्टाचारको लागी त्यो महेन्द्र पथ झैं लाग्ने नै भयो । किनकि राजा ज्ञानेन्द्रले देशको लागी नाता हेरेनन नत्र शेर बहादुर ज्वाइँ नै हुन । शाही आयोगले उनलाई त छोडेन अनि त्यही परिदृश्य नेताको मथिंगलमा घुम्दो हो । अनी पो कराइरहेछन, डराइरहेछन, बरबराइरहेछन, रोइरहेछन ।
तर उनीहरुले यो महसुस गर्न सकेका छैनन् कि राजा ज्ञानेन्द्र बदला को भावना राख्ने राजा होईनन ।
ऊनी त देशको अबस्था देखेर सोच्दैछन कि कसरी आजको एक्काइसौं सताब्दी सुहाउ“दो राजसंस्था को पुनस्थापना गरेर, धर्म, आधुनिकता, प्रजातन्त्र, र अनुशासनलाई संगसंगैलान सकिन्छ भनेर अध्ययन, सल्लाह, र सूचना प्रविधिको विकासलाई
नजिकैबाट विश्व नियालिरहेका छन् । अझै हातेमालो कै मुडमा छन् ।
बेलाबखत भद्रकाली बाट आइरहने निवेदनरजानकारी पढेर मनन गर्दै चुपचाप बसिरहेका छन् ।
जय मुलुक, जय राज मुकुट ।