Friday, May 17, 2024
घरक्राइम चेकसमाजका अगुवाहरूको उक्साहटले परिवार भाँडिदै आफ्नै घर भित्र प्रवेश गर्न खोज्दा डा....

समाजका अगुवाहरूको उक्साहटले परिवार भाँडिदै आफ्नै घर भित्र प्रवेश गर्न खोज्दा डा. बुहारीले मच्चाइन बितण्डा

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, जेष्ठ/

जब समाजका अगुवा र वुद्धिजीवी भनाउँदाहरू नै समाज बनाउनु र सकारात्मक दिशातर्फ डोर्याउने सल्लाह दिनुको सट्टा घर परिवार भाँड्न तल्लिन हुन्छ भने त्यो समाजको दुर्दशा कस्तो होला ? यसले समाजमा कस्तो असर पर्ने ? भन्ने चिन्ता र चासो  हालैको एउटा घटनाले बढ्न थालेको छ ।

प्रसँग हो वीरगंजस्थित नेशनल मेडिकल कलेजमा कार्यरत डा. निलम साह र उनी विवाह भएर गएकी ससुरा घरको ।

डा. निलम साहले केही समय अघि आफ्ना आमाबाबु र समाजका केही अगुवाहरूको उक्साहटमा हाँसीखुशी र मिलेर बस्दै आएको आफ्नै श्रीमान र घर परिवारमा कलहको विजारोपण गरेकी थिईन् ।
आफैंले कलहको विजारोपण गरेपनि अदालतमा आफूमाथि घरेलु हिंसा, कुटपिट तथा मानसिक र शारीरिक यातना दिएको भनि आफ्नै सासु ससुरा, र श्रीमानसमेतलाई विपक्षी बनाई रिट दिएपछि जिल्ला अदालत पर्साले डा.निलम साहको हकमा बैशाख १६ गते घरेलु हिंसा मुद्दामा डा. निलमलाई कुटपीट गर्ने, शारीरिक तथा मानसीक यातना दिने, स्वास्थ्य उपचार हेरचाह नगर्ने, संचार माध्यमद्वारा दुःख दिने वा सताउने कार्य नगर्ने लगायत निज बासोबास गरी आएको स्थानबाट निकाला गर्ने समेतको कार्य नगर्न भनि ससुरा गम्भिरा साह तेली उनको श्रीमति सावित्री देवी तेली र डा. निलमको पति डा.राजेश कुमार साहलाई आदेश दिएको थियो ।
अदालतको आदेश अनुसार डा. निलम साह बसेको घरबाट ननिकाल्नु भनिएको थियो । जबकी अदालतले आदेश जारी गर्दा त्यसभन्दा पहिलेदेखि नै डा. निलम नेशनल मेडिकल कलेजमा कार्यरत रही त्यहींको आवास अर्थात क्वार्टरमा बस्दै आउनु भएको थियो । अदालतको आदेशअघि देखि नै अंशबण्डा गरिसकेर आफ्नो घरमा बस्दै आउनु भएका ससुरा गम्भीरा साह बस्ने घर जहाँ डा. निलमका श्रीमानको समेत हक लग्दैन त्यसमा केही मानवअधिकारवादी, संचारकर्मी तथा प्रहरीको रोहबरमा डा. निलमले घरको ताला फोडी प्रवेश गरेकी थिईन् ।

बुहारी डा. निलम साहबाट घरेलु, मानसिक र शारीरिक हिंसाको आरोप खेपिरहेका गम्भीरा साह श्रीमति सासु सावित्री देवी सो घर छाडेर महिना दिन देखि अन्यत्र बस्दै आएका थिए ।

तर शनिवार उनै साहलाई उनकै सम्धी डा. निरन्जन साहले फोन गरी “घर तपाईकै हो छोडेर किन जानु परेको थियो र ? आउनुहोस् तपाईको घरमा तपाईलाई स्वागत छ । उनको आग्रहपछि आइतवार विहान श्रीमती सहित आफ्नो घर पुगेका साहलाई बुहारी डा.निलमले ढोका खेलिदिइनन् ।

वडा अध्यक्ष र अन्य गन्यमान्य व्यक्तिको रोहबरमा ताल्चा फोडेर आफनो घर भित्र प्रवेश गरेका गम्भीरा साह दम्पति जब आफ्नो घर भित्र एक महिना सात दिन पछि प्रवेश गर्दा आफ्नो कोठाको ढोका र त्यहाँ भित्रका दराजका ढोका खुला थिए । त्यसमा रहेको सुनका गर गहना र महत्वपूर्ण कागजातहरु गायव पारिएको देखियो ।
डा. निलम स्वयंमले आफ्ना श्रीमान र सासु ससुरालाई घरमा स्वागत गर्न चाहेको भनि संचारमाध्यमहरूलाई अन्तरवार्ता दिएकी र उनका पिता डा. निरज समेतले सम्धी गम्भीरा साहलाई स्वागत गर्न चाहे पनि आफ्नै घरमा आएर बस्न निम्ता दिएपनि घरमा बस्न आएकी सासुमाथि अचानक भौतिक आक्रमण गर्न खोज्नु, दाँतले टोक्न खोज्नु र प्रवेशमा अवरोध सिर्जना गर्नुले अनेकौं प्रश्न उब्जाएको छ ।
श्रीमान–श्रीमतिबीचको सामान्य मनमुटाव र असमझदारीलाई तेश्रो पक्ष अर्थात डा. निलमका बाबु आमा तथा आफन्त, तेली समाजका अगुवा र समाजका कथित गन्यमान्य व्यक्तिहरूले मेलमिलाप र समझदारीमा ल्याइ सुरक्षित अवतरण गराउनुको सट्टा भाँडभैंलो मच्चाउन उक्साउन तर्फ तल्लिन हुँदा दुई घरबार बिग्रिने मात्र नभई यसले समाजमा चौतर्फी नकारात्मक असर पर्न जाने निश्चित छ ।

एउटा पढेलेखेका शिक्षित र प्रतिष्ठित पेशामा लागेका व्यक्तित्वहरू अरुको उक्साहटमा लागेर बाँदरे प्रवृत्ति प्रदर्शन गर्नु किमार्थ राम्रो होइन् । सम्बन्धीत पक्षले बेलैमा विचार गर्नुपर्ने वुद्धिजीवीहरूको ठहर छ ।

 

(प्रतिनिधिमूलक तस्वीर)

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -