२०८२ माघ ७ गते, बुधबार १३:१७

लाखौं रुपैयाँ कमिशन पाउने भएपछि नारायणी अस्पतालको क्याथल्याब मेशिनको ठेक्का माफियाको पोल्टामा

चन्द्रसूर्य समाचारदाता/
वीरगंज,  जेष्ठ/
स्वास्थ्य सेवा क्षेत्रलाई अति सर्वसुलभ र भरपर्दो बनाउन सरकारले गर्ने करोडौंको लगानीबाट अनैतिक लाभ लिन तल्लिन वर्ग र व्यक्तिहरूको मुद्रा मोहका कारण वीरगंजस्थित नारायणी अस्पताल मेडिकल माफियाको चंगुलमा नराम्ररी फसेको छ ।

नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. इनामुल हकले मुटु रोगीहरूका एनजिओग्राफीकालागि चार करोड बयानब्बे लाख नौ हजार छ सय रुपैयाँमा हस्पिटेक इन्टरप्राइजेज प्रा.लि. काठमाण्डौको पोल्टामाको पोल्टामा पारिदिएका छन् ।

श्रोतले दिएको जानकारी अनुसार हस्पिटेक इन्टरप्राइजेज प्रा.लि. काठमाण्डौका संचालक मेडिकल माफिया विशाल पंडितसँग सेटिङ गरी मेडिकल सुपरीटेन्डेन्ट डा. हकले हस्पीटेकले आयात गर्ने मिल्नेगरी स्पेसिफिकेसन बनाएका थिए, अरु कम्पनीले भाग लिनै नपाउने गरी नारायणी अस्पतालका बायो मेडिकल इंजिनियर पद्मा मिश्रले एक निश्चित कम्पनीसँग मात्र मिल्नेगरी स्पेसिफिकेशन बनाइसकेपछि अरु कम्पनीले भाग लिन पाउने कुरै भएन ।

यसरी माफियासँग मिलेर उनीहरूकै अनुसार स्पेसिफकेशन बनाएपछि सरदर १ करोड मूल्य पर्ने उपकरणको मूल्य करिब ५ करोड बनाई मेडिकल माफिया पण्डितले बिल पेश गर्ने गरेका चर्चा नेपालभरी नै छ । मेडिकल माफीया पंडित पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न हस्पिटलका सुपरिटेन्डेन्ट, स्वास्थ्य मन्त्रालय र विभागका पदाधिकारीहरूसँग सेटिङ गरी टेन्डर हात पार्ने गरेका समाचारहरू विभिन्न संचारमाध्यममा निरन्तर आाइरहेका छन् ।

नारायणी अस्पतालकी बायोमेडिकल इंजिनियर पद्मा मिश्र तथा मेडिकल सुपरिटेन्डेन्ट डा. हकले यस्ता उपकरण खरिदबाट आउने कमिशन करिब ६० लाख रहेको र सो कमिशनबाट दुई नं. प्रदेशका केही नाम चलेका सांसद, मन्त्री, मूख्यमन्त्रीदेखि स्वास्थ्य मन्त्रालयसम्मलाई कमिशनको भाग छुट्याउने गरेपछि जतिसुकै भ्रष्टाचार, अनियमितता वा पदीय दुरुपयोग गरेपनि उनको अनियमतिता र गैरजिम्मेवारीपूर्ण कार्यमा विराम आउन नसकेको सर्वत्र चर्चा छ ।

राज्यले सर्वसाधारणको हितलाई ध्यानमा राखी स्वास्थ्यसंस्था जस्तो अति संवेदनशील क्षेत्रमा गर्दै ठूलो लगानीलाई व्यक्तिगत कमिशन र लाभको लागि गैरजिम्मेवारी पूर्ण तरीकाले पदीय दुरुपयोग गर्ने र माफियाहरूसँगको मिलेमतोमा सरकारी स्वास्थ्यसँस्थालाई धाराशायी बनाउन तल्लीन पदाधिकारीहरूमाथि सम्बन्धीत निकायको आँखा नपुग्नु आफैंमा रहष्यमय बन्दै गएको छ ।

स्मरणरहोस्, केही गत महिना मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालमा भइरहेको अनियमितताबारे छानबिन गर्न त्यहाँका सम्पूर्ण कागजात नियन्त्रण लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालिरहेकै समयमा उपकरण खरिद, मर्मत सम्भारलगायतका नाममा भइरहेको अनियमितता बढ्नु चौतर्फी चासोको विषय बनेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM