Thursday, May 2, 2024
घरक्राइम चेकलागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्दैछ वीरगंज: सशस्त्र राजश्व तथा भन्सार गस्ती सुरक्षाद्वारा लागु...

लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्दैछ वीरगंज: सशस्त्र राजश्व तथा भन्सार गस्ती सुरक्षाद्वारा लागु औषधसहित ३१ जना पक्राउ

सन्तोष मिश्र/
वीरगंज, २५ जेष्ठ/

लागु औषध दुर्व्यसनी मात्र नभई कारोबारीहरूको लागि पनि पर्सा जिल्ला र वीरगंज महानगर क्षेत्र सुरक्षित गन्तव्य र कारोबारस्थल बन्न थालेको छ ।

सीमावर्ती भारतीय बजार रक्सौलमा खुल्ला रुपले नेपाली युवाहरूलाई नै लक्षित गरी खुल्ला रुपमा बेचविखन र सेवनस्थल बनाइएपछि नेपाली मूलका युवाहरू पर्सा जिल्लाका विभिन्न नाका तथा वीरगंजको मूख्य नाकाबाट दैनिक रुपमै लागु औषध ओसार पसार गर्ने क्रम बढेको छ ।

सीमावर्ती क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतका सुरक्षाकर्मीको आँखा छल्दै दैनिक भारी परिमाणमा प्रतिबन्धित लागु औषध ओसार पसार भइरहेकै समयमा सशस्त्र प्रहरी बल नेपाल नं. १४ गुल्म हे.क्वा. (राजश्व तथा भन्सार गस्ती सुरक्षा)बाट खटिएका सशस्त्र प्रहरीले चेकजाँचको क्रममा ३१ जना लागु औषध ओसार पसारकर्तालाई लागु औषधसहित पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १४ गुल्म हे.क्वा. (राजश्व तथा भन्सार गस्ती सुरक्षा)का गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक बहादुर खड्काले दिनु भएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/०७६को साउन देखि जेष्ठ २४ गतेसम्म विभिन्न परिमाणको लागु औषधसहित ३१ जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पर्सा स्थित नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १४ गुल्म हे.क्वा. (राजश्व तथा भन्सार गस्ती सुरक्षा)ले गत साउनदेखि हालसम्म भारतबाट नेपाल भित्र्याएको डाईजोल्याब १७१२ गोटा, नोफिन १७०१ गोटा, फेनारगन १६९८ गोटा, ब्राउन सुगर–२ ग्राम, नाईट्राभेट–४१ ट्याब्लेट (तीन पत्ता), कोरेक्स–६ बोतल, ओनेरेक्स ९८ बोतल, नाईट्रोपाईम १०एमजी.–३०५ गोटा, भाङ–१२५ ग्राम, विन किरेक्स–८ लिटर, वालरेक्स–२ बोतल, सिम्प्लेक्स–५ ट्याबलेट, नाइट्राजेपान–८ ट्याब्लेट तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको १८.७ केजी गाँजा र २३.५ केजी चरेससहित ३१ जनालाई पक्राउ गरिएको गुल्मपति सशस्त्र प्र.ना.उ खड्काले बताए ।

“खुल्ला सीमानाको फाइदा उठाउँदै लागु औषध प्रयोगकर्ताहरूले वीरगंज महानगरको मूख्य प्रवेशद्वार लगायतका नाकाबाट प्रतिबन्धित लागु औषध ओसार पसारमा लागेका छन, अभिभावकले स्वतन्त्रताको फाइदा उठाउँदै राम्रा र प्रतिष्ठित घरानाका युवाहरू समेत लागुऔषध सेवन तथा ओसार पसारमा संलग्न देखिएका छन् ।” गुल्मपति सशस्त्र प्र.ना.उ खड्काले भने ।
लागु औषध ओसारपसार कार्यमा काठमाण्डौ, चितवन, भरतपुर, हेटौडा लगायत विभिन्न स्थानका युवाहरू वीरगंज र रक्सौल लगायतका सीमावर्ती क्षेत्रलाई सुरक्षित स्थल ठानेर कारोबारमा संलग्न भइरहे पनि बीचबीचमा प्रहरीको आँखा छल्न नपाएका यस्ता कारोबारीहरू नियन्त्रणमा आउने गरेका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -