Sunday, March 23, 2025
घरसमाचारवैवाहिक वार्षिकोत्सवको अवसरमा छापाखाना संचालक दम्पत्तिद्वारा खाजा प्रदान

वैवाहिक वार्षिकोत्सवको अवसरमा छापाखाना संचालक दम्पत्तिद्वारा खाजा प्रदान

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २५ जेष्ठ/

वीरगंजमा संचालित पौडेल अफसेट प्रेसका संचालक श्याम सुन्दर पौडेल दम्पत्तिले आफ्नो वैवाहिक वार्षिकोत्सवको अवसरमा वीरगंज मानवसेवा आश्रमका लक्ष्मी नारायणहरूलाई खाजा प्रदान गरेका छन् ।

आधुनिक व्यस्त समाजमा सहयोगको भावना हराउँदै गएपनि समाजमा मानवीय र सेवामूलक भावना भएका व्यक्तिहरूको उपस्थिति अहिले पनि कम नभएको सन्देश दिने उद्देश्यले वीरगंजस्थित मानव सेवा आश्रमका करिब तीन दर्जन लक्ष्मीनारायणहरूलाई खाजा वितरण गरिएको पौडेल अफसेट प्रेसका =संचालक श्यामसुन्दर पौडेलले जानकारी गराउनु भयो ।

आमा सकुन्तला देवी उपाध्याय, श्रीमति शर्मिला उप्रेती पौडेल, दुई छोराहरू सहन र सफल पौडेलको साथमा गई खाजा प्रदान गरेको तथा हरेक महिना आर्थिक सहयोग गर्ने प्रतिवद्धता स

मेत गर्नु भएको पौडेल अफसेट प्रेसका संचालक श्याम सुन्दर पौडेलले जनाउनु भयो ।

पौडेल दम्पत्तिको २४ औं वैवाहिक वर्षगाँठको अवसरमा चन्द्रसूर्य वाणी दैनिक परिवारले हार्दिक शुभकामना प्रदान गर्दै पौडेल दम्पत्ति जस्तै अन्य व्यक्तिहरूले पनि आफ्नो जन्मोत्सव, वैवाहिक वार्षिकोत्सवलगायतका अवसरमा गरीब दिन दुःखीहरूलाई सेवा, सहयोगमा तत्परता देखाउनु पर्नेमा जोड दिएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -