२०८२ माघ ९ गते, शुक्रबार ११:१९

बेलायती प्र‍.म.को अश्रुपूर्ण अनुहारमा राजीनामा र प्र.म.ओलीको नैतिकता

-नारायण गाउँले

बेलायती प्रधानमन्त्री टेरिसा मेले आज पार्टीप्रमुखबाट राजीनामा दिइन् । संसदमा बहुमत नै भए पनि सरकारको मुख्य एजेन्डा ‘ब्रेग्जिट’मा भने उनी सधैँ अल्पमतमा परिन् ।


पार्टी प्रमुख नै प्रधानमन्त्री बन्ने हुनाले यसलाई प्रधानमन्त्री पदबाट दिइने राजीनामाको रूपमा बुझिन्छ । राजीनामा दिनु सामान्य समाचारमात्रै रह्यो धेरैका लागि तर मलाई एउटा क़ुराले निकै छोयो ।

तीन वर्षअघि भएको जनमत सङ्ग्रहले बेलायतलाई ईयूबाट छुट्टिने म्यान्डेट दियो । कसैले राजीनामा नमागे पनि ‘छुट्टिनु हुन्न’ भन्ने पक्षका प्रधानमन्त्री डेभिड़ क्यामरुनले राजीनामा दिए । त्यसपछि आएकी टेरिसाले जनमत सङ्ग्रहको म्यान्डेटलाई हदैसम्म पूरा गर्ने प्रयास गरिन् । दर्जनौं पल्ट कोसिस भए पनि विपक्ष र आफ्नै सांसदहरूको असहयोगले गर्दा त्यो पारित भएन । न संसदले विकल्प दियो न उनको ‘डिल’ पास गर्यो । उनले चाहेको भए ‘नो डिल’ ब्रेग्जिट हुन सक्थ्यो र उनी केही बेर प्रधानमन्त्री बनिरहन सक्थिन् । यद्यपि त्यो देशको हितमा हुन्नथ्यो ।

तर, उनले राजीनामा दिने बेला घण्टौं लामो भाषण गरेर कसैलाई गाली गरिनन् । साह्रै छोटो स्पिच थियो त्यो ।आफू असफल भएको स्वीकार गरिन्, तर विपक्षको कारण भनिनन् । मैले संसदको विश्वास जित्न सकिन भनेर आफैले जिम्मा लिइन् । आफ्नै मन्त्री र सांसद, जसले उनलाई सहयोग गरेनन्, हामीकहाँ भए आत्मघाती भनिने थियो तर उनले तिनको विश्वास जित्न नसक्नु आफ्नै कमजोरी बताइन् । जिम्मेबारी पूरा गर्न नसकेकोमा पश्चात्ताप (regret) व्यक्त गर्दै अश्रुपूर्ण अनुहारले राजीनामाको घोषणा गरिन् । त्यस्तो बेला पनि उनले आफूले गर्न नसकेको काम अब आउने प्रमले गर्ने मात्रै भनिनन्, राजनीति अप्ठेरो अवस्थामा भए पनि देश एक रहेको भन्न छुटाइनन् । कस्तो सन्तुलित वक्तव्य ! प्रधानमन्त्रीको भाषा यस्तो होस् न !

जसले र जे कारण असफल भए पनि प्रधानमन्त्रीय व्यवस्थामा त्यसको जिम्मेबारी प्रमकै हो र अरूलाई दोष दिएर आफूलाई चोख्याउने छूट त्यहाँ हुँदैन । अब उनी फेरि अध्यक्ष लड्ने, कसैको खुट्टा तान्ने या फेरि सत्तामा आउँछु कि भनेर तिर्छे दाउ खेल्ने छैनन् । बोलेको र प्रतिबद्धता व्यक्त गरेको कुरो समयमैं पूरा गर्नु अनिवार्य हुन्छ र त्यहाँ किन्तु-परन्तुको ठाउँ हुँदैन ।

देशका मुद्दाको समाधान आफ्नो जिम्मेबारी हो भन्ने बोध र नघुमाई सोझो भाषामा असफलता स्वीकार गर्ने र पछि हट्ने क्षमता नेतामा चाहिने रहेछ । मलाई नेपालको संविधानसभाको याद आयो । दिइएको चार वर्षमा प्रचण्डदेखि माधव नेपाल र झलनाथ खनालदेखि बाबुरामसम्म प्रधानमन्त्री बने र पनि संविधान नबनी त्यो भङ्ग भयो । तर, कसैले असफलता स्वीकार गरेन । अहिले त आफूलाई आफैले निर्णय गरेर राष्ट्रपतिबाट मेडल नै थापेको देखियो । हाम्रा प्रम बेलायत आउँदै हुनुहुन्छ । पक्कै केही सिक्नकै लागि होला । नुके थाहा, फर्केपछि आफैले तोकेको मितिमा पानीजहाज चढेर कलकत्ता पुग्ने टिकट बेच्न नसकिएकोमा माफी पो माग्नुहुन्छ कि ?

(गाउँलेको फेसबुकवालबाट साभार)

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM