२०८२ मंसिर २३ गते, मंगलवार १३:२२

जन्म र मृत्यु…

– प्रशान्त महासागर
शास्त्र शिक्षाले सबै ब्रमाण्डको रचना ब्रम्हाले गरेका हुन् भन्ने कथन छन् । हुन त कथा जस्तो लाग्ने न्याय र धर्म संगत भनिएका कुराहरुलाई मनुष्यभित्र खोज गर्ने हो भने म ईश्वर र दानवको समिश्रण नै मानव हो । ब्रम्हा जीले मानवको संरचना गरेको बेला दुई मिश्राणयुक्त घोललाई मानव भनिएको हो भन्नलाई तिनीहरुकै कर्मलाई मुख्य कारक मानिएका छन् । समाजमा अपराधिक हुने जति पनि घटनाहरु छन् ती सबै दानव गुणयुक्त झोलको परिणाम मात्र हो । विलासिता आवश्यकता मान्ने प्रविधि मानवमाथि दानवको हावी हो । र क्रोध कारक जुन एक श्राप पनि हुन्, जीवन जन्मका कुराहरु त्यसमा जोडिएका छन् । बालीको हत्या पश्चात राम, कृष्ण जन्ममा शिकारीको हातबाट मर्नुपर्छ भनिएको कुरा जीवनसँग मृत्यु निश्चित छ बुझ्नुपर्छ । र मृत्यु किन छ सोचिएन् भने कस्तो छ त्यो पनि बिर्सि धर्तीबाट सास त्याग्नुपर्ने हुन्छ ।

हुन त मृत्युको जीवन आवश्यक छ । जीवन कस्तो हुनुपर्छ सोचबुद्धि प्रयोगसँगै समायोजन लगायत खोज कुरामा भर पर्छन् । तर मनुष्यले त्यसको औचित्य सोच्न छोडि जस्तो पनि कुरालाई जीवनकै रंग दिने प्रथालाई आप्mनो जन्मको लक्ष्य मानिएका धेरै उदाहरण छन् । जसको अपराधसंगत आय आर्जन मुख्य मान्नु नै हो । पैसा आउने कुरा हुनुपर्छ देह व्यापार पनि पेशाकै रुप हो मान्ने कुरा पनि गर्छन् जबकि त्यो एक सृष्टि संरचनालाई मुल्यवान अर्थ दिन रहेको एक क्रिया हो जसमा हामी मनुष्य प्रतिक्रिया थपि बाँचेका छौं जसको मृत्यु कस्तो हुन्छ नसोची एड्सलाई मृत्युको कारक नमानी रोग हो त भन्यौं जसको अर्थ बिर्सियौं । र जन्मिनेहरु जन्मिदै पीडा मृत्यु बनी मर्दै रह्यौं । अतः जन्म र मृत्युको कारक एकचोटि विचार गर्ने हो कि….

शास्त्रमा मनुष्य भई जन्मिदा धेरै जसो श्रापकै कारण जन्मेका कुराहरु छन् । जसमध्ये एक राम र अर्को रावण जन्म र मृत्युकै कुरालाई मात्र हेरौं । रामलाई जो सुकैले पनि मर्यादा पुरुषकै रुपमा वर्णन गरेको पाईन्छ भने राम मनुष्य चोलामा जन्मिनु परेको मुख्य कारक भनेकै मर्यादा स्थापनाको लागि हो । भगवान् विष्णु भईकन पनि आफुले नारद ऋषिमाथि अमर्यादित व्यवहार गरेको जस्तै विष्णु भगवान् स्वरुप रुपवान बनाई दिनुस् भन्दा ठट्टा स्वरुप बाँदरको मुहार बनाई दिनु र स्वरुपकै अविवाहित हुनु पर्ने क्रोध पीडा अनुरुप नारद ऋषिले भगवान् विष्णुलाई त्रेता युगमा मनुष्य भई जन्मिदा पत्नी वियोगमा मर्नु परोस् तथा सबै जीवमाथि सम्मान पालना गर्न सिकाईयोस् भन्ने श्राप नै राम जन्मको कारक कुरा हुन् भने आत्माहत्या गर्नु कसैमाथिको उपहास सजाय मृत्यु हो । र बालीमाथिको छल पूर्ण आक्रमण थियो जुन एक मर्यादा स्थापना नै हो । बालीद्वारा भाई शुक्रिवको स्वास्नी हरण एक अमर्यादाको सजाय हो भने त्यही बालीको श्राप मुक्त हुन शिकारीको शिकारमा द्वापर युगमा कृष्ण मृत्युको कारक हो । हुन त रामद्वारा राम राज्यमा अर्को एउटा पाप पनि भएको कथा छ शुद्र ऋषि शम्बुकको हत्या । यो भनेको मनुष्यले भगवान्कै अवतार लिएपनि गल्ती गर्छ । त्यसको सिक मनुष्य बुझ्नुपर्छ त्यो के त भन्दाखेरि कमी हरेक प्राणीमा छन् त्यसलाई कमजोरी बनाई घटाउन सक्ने घटनाप्रति सदा सचेत हुनुपर्छ भनिएको हुनसक्छ । नत्र भने राम जस्तो भगवान् विष्णुको अवतार भनिएको प्रतिमूर्तिले शम्बुक जस्तो शुद्र ज्ञानी महात्मा ऋषिको हत्या हुनु जीव जगतको महापाप हो । र मलाई कता कता त्यही महापापलाई तुच्छ बनाउन षडयन्त्रको वीउ रावणमाथिको चरित्रमा लादेको महसुस हुन्छ ।

राम जस्तै रावण पनि धर्तीमा जन्म हुँदा ईश्वर र दानवकै समिश्रण हो । ब्रम्हा पनाती, पुलत्स्य को नाती र विश्वश्रवा ऋषि तथा राक्षस कन्याकी छोराको रुपमा नेपालमा जन्मेको भन्ने कथन छ । विश्वको १५ वटा पवित्र तीर्थस्थलमध्येको एक पुलत्स्य पुलहाश्रम म्याग्दी जिल्लामा पर्छ । गलेश्वर महादेब पनि म्याग्दी जिल्लामा नै पर्छ भने रावणको नाभी गाडिएको राउन्ने पाटो पनि सोही जिल्लामा पर्छ भने मुस्ताक थाकखोलाकी मन्दोदरीसँग विहेको कुरा पनि पुलाचौर पछैंमा पुलत्स्य उसकै बाजेले योज्ञ गरि मन्दिर स्थापना गरेको शिलामा उल्लेख छ । हुन त जन्म जहाँ सुकै जो सुकै होस् त्यो भन्दा ठूलो मान्यको विषय म कर्मलाई मान्छु । त्यति हुँदाहुँदै पनि सत्य हो भने मान्ने कुरा हामीसँग हुनुपर्छ मैले भन्ने गरेको कुरा यही हो ।

हुन त रावण भनी नाउँ शिव भगवान्ले दिएको हो भन्ने शास्त्रमा बयान छ । जगतको कल्याण गर्न बसेको भगवान् शिवलाई व्यक्तिको बन्न आग्रह गर्दा नमानेकै कारण कैलाश पर्वत शिव र पार्वती सहित उचालेर लान खोज्दा उक्त पर्वत थिचेर रोदन सहित पुकार आह्वान स्वर जुन शिवले सुनिईयो त्यही स्वरलाई रावण भनिएको थियो । रावणको वास्तविक नाउँ दशानन हो । दश जना मनुष्यको बुद्धि र बल भएको एक सिद्ध ज्ञानी पुरुष नै रावण हो । आप्mनो कार्यकालमा आफुले आप्mनो परिवारकै सुख र खुशीकै लागि बाँचेको बैज्ञानिक दार्शनिक पुरुष पनि हो भन्ने कुराको उदाहरण स्वरुप कुम्भकर्णलाई १२ महिनासम्म सुतेरै बितोस् भनी दिएको ब्रम्हाको श्राप मुक्त स्वरुप ६ महिना मात्र सुत्नु पर्ने जपतप गरि ब्रम्हा खुशी पारेको कुरा पुष्टि हुन्छ भने आप्mनो बहिनी शुर्पणखाले गल्ती गरेको थाहा हुँदाहुँदै अर्काकी श्रीमती हरण पाप हो ज्ञान हुँदाहुँदै मृत्यु स्वरुप सीतालाई लंका लग्नु परिवार दायित्व मान्नु एक कर्तव्यनिष्ठ व्यक्तित्वको धनी मान्न सकिन्छ । परिवारमाथिको आई परेका संकटलाई मृत्यु नै भए पनि स्विकार्ने वीर योद्धा रावण हो । रामलाई राम्रो र रावणलाई नराम्रो देखाउने कुराहरु सुनाएर शास्त्र रच्नु शायद स्वार्थ पनि हुनसक्छ जुन जन्मले मृत्युसम्मको यात्रा गर्दा छोड्नु भनिएको छ ।

हुन त रावण जन्मको कारण भनेकै ऋषिहरुमा हुने अहम् क्रोधकै एक रुप हो । बैकुण्ठ धाममा शंकादित ऋषिका चार भाईहरु भगवान् विष्णुलाई भेट्न जाँदा द्वारपाल जयविजयले रोकेको थियो । तत्पश्चात क्रोधले मनुष्य योनीमा जन्म लिनु भनी दिएको श्रापको कारण भएको हो । र त्यो श्राप दिनुको कारण पनि क्रोध नाश तथा भक्ति आस्था जगाउनु साथै धर्मको स्थापना नै भनिएको छ । साथै ऋषिहरुमा अहम् क्रोध हुनुहुन्न भने जस्तै मनुष्यमा त्यो हुनु भनेको मृत्युको पहिलो कारक हुनेछ । रावणले वीरगति प्राप्त गर्नु रावणमाथि लगाएका झुठा कुरा आरोपको प्रतिफल हो भने रामले आत्माहत्या गर्नु परेको मुख्य कारक भनेको कसैमाथि गरेको उपहासको परिणाम हो । जीवनमा कसैमाथि कसैले उपहास गर्नु हुन्न अहमी भई बाँच्नुको अर्थ जीवनसंगत कुरा होईन् ।

जीवन संगत कुरा गर्नु पर्दा ऋषि शम्बुकले शुद्र कुल जन्मेर आफ्नो जात वर्ग उत्थानको लागि गरिएको समानताको आवाज नै शिक्षा हो । शिक्षित मनुष्यले मात्र सभ्य समाजको निर्माण हुन्छ । जीवनमा, मनुष्यले प्राकृतिक धर्म मान्न सक्नुपर्छ जहाँ सबैलाई समान व्यवहार गरिन्छ । भोकको अर्कै र व्यवस्थाको अर्कै परिभाषा, व्यक्ति नीति हुनुहुन्न र फेरि जन्म हुन्छ शास्त्रले भनिए तापनि पुनजन्र्म मिथ्या हो यो बुझ्न सक्नुपर्छ जे गर्नुपर्छ कर्ममै सुधार हुनुपर्छ भनिएको असमानता विरुद्धको सत्य रामले मान्न नसकेरले रावणलाई वर्णनमा नराम्रो बनाईएको हुनुपर्छ । हुन त यो राम भन्दा पहिलेको जन्म सत्य युगमा बराह र नरसिंह हो भने रावणको हिराण्यकश्यप हो भने हिराण्याक्ष कुम्भकर्ण हुन् । त्यस्तै द्वापर युगमा शिशुपाल, रावण थियो बक्रवन्त कुम्भकर्ण थियो । सबैले सबै जन्ममा वीरगति नै हासिल गरेको थियो । त्यो भनेको जीवन जिउँदा मृत्युसम्मको यात्रा गर्दा घ्यु तेल प्रयोगहीन मृत्यु मान्नुपर्छ । जसमा कोही धेरै अपराध छन् भन्नु मनुष्य जगतलाई सचेत बनाउने एक सिक हो । हामी मनुष्यले सिक्ने यथार्थता पनि त्यही हो । वराह र नरसिंहले कसैको घमण्ड तोडेर आस्था र भक्ति जुन कायम गरे त्यो मनुष्य जीवले प्राकृतिक धर्म निर्वाह गर भन्न नै हो । त्यस्तै रामले मर्यादा पालना गर्नु भनेको पनि सबैमा समानता राख्नु कसैको जन्म र मृत्यु भन्दा ठूलो कुरा हामी कर्म हो त्यही मान्नु भनिएको वास्तविक स्वरुप राम र रावण हो भने कृष्णले जीवन धर्म संगत हुनुपर्छ जसरी मैले बालीको हत्या गरे मेरो मृत्युको हुनुको मुख्य कारक तत्व पनि त्यही हो । मैले शिशुपाल र बक्रवन्तको जीवन हरे त्यो जयविजयको शंकादित ऋषिहरुको श्राप थियो मुक्ति गरे । त्यो मुक्तिले एउटै कुरा मनुष्यलाई सिकाएको छ कि प्राकृतिक प्राणी भएर अहम्हिन जीवन समान सम्मानको यापन नै मनुष्य चोला हो त्यो भगवान्को भन्दा नि मुल्यवान् हुन्छ ।

२०७६ जेष्ठ २४ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM