Monday, May 20, 2024
घरसमाचारडि.ए.भी. स्कूल सामाजिक कार्यमा पनि

डि.ए.भी. स्कूल सामाजिक कार्यमा पनि

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ११ जेष्ठ/
शिक्षा क्षेत्रमा अतुलनीय योगदान पु¥याउँदै आएको डि.ए.भी. आर.बी. केडिया स्कूल सामाजिक कार्यमा पनि सक्रिय हुन थालेको छ ।
सोही सक्रियता अन्तर्गत “हाम्रो नगर स्वच्छ, सफा, सुन्दर र हराभराको नगर वीरगंज महानगर” बनाउने उद्देश्यकासाथ डि.ए.भी.आर.बी.केडिया स्कुल परवानीपुरले शनिवार वीरगंजको घण्टाघरमा “क्लिन वीरगंज ग्रीन वीरगंज” भन्ने नारा सहित सरसफाई जन जागरण अभियान कार्यक्रमको आयोजना गर्यो ।

डि.ए.भी.आर.बी.केडिया स्कुल परवानीपुरले सरसफाई जन जागरण अभियानको क्रममा वीरगंजको घण्टाघर देखि अलखियामठसम्म सरसफाई ग¥यो । सो क्रममा विद्यालयका प्रिन्सिपल, शिक्षक, शिक्षिका र विद्यार्थी लगायत ४० जनाको सहभागिता रहेको थियो ।

सो सरसफाई जनजागरण अभियान कार्यक्रम जेष्ठ महिनासम्म संचालन गरिने कुरा स्कूल व्यवस्थापक दिलिप गुप्ताले जनाए । साथै सो अभियानलाई सफल पार्नकोलागि बिशेष सहयोगीको रुपमा जिल्ला प्रहरी कार्यालय पर्साले भुमिका निर्वाह गर्दै आएको कुरा विद्यालयका मैनेजर गुप्ताले बताए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -