निकै सुन्दर तर निकै खतरनाक डन (तस्वीरसहित)

0

एजेन्सी। कैयौं आपराधिक कार्यमा संलग्न अस्मिता भनिने यी युवती निकै सुन्दर छिन् । अस्मितालाई पहिलो पटक देख्नेले उनी अपराधी हुन् भन्ने विश्वसै गर्दैन । तर अस्मिता उर्फ भूरी गोहिल निकै खतरनाक अपराधी हुन् । प्रहरीका अनुसार उनीविरुद्ध कैयौं मुद्दा दर्ता छन् ।

यी युवती भारतको सूरतमा आपराधिका कार्यमा संलग्न छिन् । प्रहरीका अनुसार गुण्डाहरुसँग घुम्नु उनको सौख हो । उनी खुलेआम हतियार लिएर हिँड्ने गर्छिन् । उनको बन्दुक लिएर हिँडेको भिडियो होलीका बेला निकै भाइरल भएको थियो । प्रहरीले यी युवतीसँगै उनका दुई साथीलाई पक्राउ गरेको छ । यी तीनजनाले १ वर्षअघि मात्र दिउँसोमा बीच सडकबाटै एक मोटरसाइकल नै लुटेर लिएर गएका थिए । उनीहरुले हतियार देखाएर मोटरसाइकल लिएर फरार भएको बताइएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्