Sunday, July 21, 2024
घरक्राइम चेकरौतहटमा पशु चौपाया तस्करी बढ्यो, सशस्त्र प्रहरीद्वारा १८ वटा भैंसी र...

रौतहटमा पशु चौपाया तस्करी बढ्यो, सशस्त्र प्रहरीद्वारा १८ वटा भैंसी र चौपाया बरामद

चन्द्रसूर्य समाचारदाता/

रौतहट, ३१ वैशाख । बारा, पर्सा सँगै तस्करहरुले रौतहटको पनि खुल्ला सीमानाको दुरुपयोग गर्दै व्यापक रुपमा तस्करी गरिरहेका छन् ।

सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र तथा नेपाल प्रहरीका पोष्टका प्रमुखलाई प्रभावमा पारेर तस्करहरुले भारतीय नाकाबाट भै‌सीं, गाई, राँगा, पाडा पाडी तस्करी गरी नेपाल  भित्र्याउने गरेको समाचारहरु प्रकाशमा आउन थालेपछि सशस्त्र प्रहरी बल नेपाल नं.११ गण रौतहटले सो को नियन्त्रणमा विशेष निगरानी बढाएपछि मंगलवार १८ वटा भैंसी, रांगा र पाडापाडी सहितको चौपाया बरामद गरेको छ ।

अवैध रुपमा नेपाल भित्र्याइएको भैंसी-२ र पाडापाडी १६ वटा गरी १८ वटा चौपाया रौतहटको ईशनाथ नगरपालिका डुमरियाबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार पठाइएको सशस्त्र प्रहरी बल नेपाल नं.११ गण रौतहटले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.११ गण रौतहटले नियन्त्रमा लिएको ३ लाख १० हजार मूल्य बराबरको ती पशुचौपाया कसको हो ? भन्ने विषयमा भने केही जानकारी गराएको छैन ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -