२०८३ असार १८ गते, बिहीबार २०:३१

सशस्त्रद्वारा ३१ वटा रांगा-भैंसीलगायतका चौपाया नियन्त्रणमा

वीरगंज, २८ वैशाख

सशस्त्र प्रहरी बलले चोरी निकासी र तस्करीकालागि अवैध रुपमा ल्याइएको ३१ वटा पशु चौपाया बरामद गरेको समाचार प्राप्त भएको छ ।

वीरगंज-३२ सोलखपुर इलाकाबाट सशस्त्र प्रहरी बल नेपाल नं. १४ गुल्म हे.का (राजश्व तथा भन्सार सुरक्षा गस्ती) पर्साबाट खटेको टोलीले शुक्रवार भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार ५ली पैठारी गरि ल्याउँदै गरेको सात लाख मूल्य बराबरको ३१ वटा रांगा, भैंसी, पाडा-पाडीहरु छोडेर तस्कर फरार भएको अवस्थामा बरामद गरेको सशस्त्र प्रहरी भन्सार सुरक्षा गस्तीले जनाएको छ ।

बरामद गरिएका ती पशु चौपायाहरु आवश्यक कार्यवाही प्रकृयाकालागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको राजश्व तथा भन्सार सुरक्षा गस्ती, वीरगंजले जनाएको छ ।

(२०७६ वैशाख २८ गते चन्द्रसूर्य वाणी दैनिक पत्रिकामा प्रकाशित)

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM