Thursday, January 16, 2025
घरसमाचारमेयर सरावगी भन्छन्, "सिंहदरबारको अधिकार मुग्लिन तिरै अड्केको छ"

मेयर सरावगी भन्छन्, “सिंहदरबारको अधिकार मुग्लिन तिरै अड्केको छ”

२७ बैशाख, वीरगञ्ज
वीरगञ्ज महानगरपलिकाका नगरप्रमुख विजय कुमार सरावगीले  बाल श्रममा लागेका बालबालिकालाई उद्दार तथा पिडकलाई कार्यवाहि गर्न सरोकारवालाहरुसगं मिलेर महानगरपालिका अगाडि बढन त्याररहेको बताउनु भएको छ । गोष्ठ र अन्तरक्रियात्क कोठे कार्यक्रम भन्दा पनि कार्यावन्यनको आवश्यकता रहेको बताउदै त्यसलाई स्थानिय निकायबाट मात्र सम्भव रहेको उहाले प्रष्ट पार्नुभएको । तर अहिले पनि संघ ,प्रदेश र स्थानिय सरकारको अधिकारको बाडफाड स्पष्ट नभएको कारण चहना अनुसार स्थानिय निकायले कार्यगर्न नसकेको गुणासे समेत व्यक्त गर्नुभयो ।बालश्रमबाट उद्धार गरेर राख्ने ‘सेल्टर होम’ नहुँदा समस्या भएको बताउदै बाल श्रम न्युनिकरणको मुख्य चुनौतिको रुपमा सेल्टर होम नै बनेपछि महानगरपालिकाले पहिला सेल्टर होम निर्माण गर्ने सोच बनाएको उहाको भनाई थियो ।

वीरगञ्जमा आयोजित बाल श्रम न्युनीकरण सम्बन्धी एक दिवसीय अन्र्तक्रियामा बोल्दै उनले महानगरपालिकाले ३० जना बालबालिकालाई राख्न सकिने खालको सेल्टर होम निर्माण गर्ने जानकारी दिए । ‘बालबालिकालाई श्रममा लगाउन नपाउने भनेर उद्दार गरेर ल्याएपछि अभिभावकलाई सम्झौता गरेर स्कुल पठाउने शर्तमा दिन सकिन्छ । तर कतिपय अभिभावक पठाउन नसक्ने खालका पनि छन् । उनीहरुको बालबालिकालाई पठाउने दायित्व महानगरपालिकाको हुन्छ ।’ उनले भने ‘ त्यसका लागि सेल्टर होम बनाउने अनि फोर्स बनाएर समन्वय गर्दै अघि बढ्नुपर्छ । मैले ५ वर्षभित्र बालमैत्री नगर बनाउने प्रतिबद्धता जनाएको छु । ४० वटामा झण्डै २० वटा सूचक पुरा भएको छ । बाँकी पनि पुरा हुन्छ ’

कार्यक्रममा मेयर सरावगीले बाल श्रममा लागेका बालकहरु दुव्र्यशनमा पनि लागेको पाईएको बताउँदै कारबाही नगरेसम्म उपलब्धी हाँसिल नहुने निष्कर्षमा पुगेको बताए ।

बाल श्रम नियन्त्रणका लागि सूचना लिनेगरि महानगरपालिकाले हेल्पलाईन नम्बर पनि लिन लागेको दावी उनको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको आयोजनामा वीरगञ्जको होटल कुमु प्यालेसमा कार्यक्रम भएको थियो ।

श्रम तथा रोजगार कार्यालय पर्साका प्रमुख कृष्ण कुमार यादवले सबैले सामाजिक उत्तरदायित्व बुझेको अवस्थामा बालश्रम रोकथाम गर्न समय नलाग्ने तर्क गरे ।

नेपाल लेबर फोर्स सर्भे २०१७/०१८ को तथ्याङक अनुसार नेपालमा ५ देखि १७ वर्ष उमेर समूहका २ सय ८६ जना बाल श्रमिक छन् । जसमा १ सय ६५ जना महिला र १ सय १९ जना पुरुष रहेको श्रम तथा रोजगार कार्यालय पर्साका नायब सुब्बा सुन्दर श्रेष्ठले जानकारी दिए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -