– सन्तोष मिश्र
लोकतान्त्रिक मूल्य र मान्यता बोलीमा होइन, व्यवहारमा चाहिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र संसदीय व्यवस्थाका दुई तिहाई बहुमतको ओली नेतृत्वको शक्तिशाली भनिएको सरकारले एक्लै लोकतन्त्र चलाउन खोजिएको छ । जसलाई बहुदलीय निरंकुशता भनिन्छ । आम चुनावबाट आएको बढी सिटको आडमा जथाभावी गर्ने भोटलाई देश लुट्ने लाइसेन्स बनाउने अधिकार ओली नेतृत्वको सरकारलाई छैन । पार्टी एकता एक वर्षसम्म गर्न नसक्ने नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको बर्बराहट हेर्दा उदेक लाग्छ । राजनीतिक समस्याको समाधान गर्न खोजिएन भने विद्रोहीले सरकारको चिहान खन्न कुनै कसर बाँकी राख्दैन । स्वदेशी तथा विदेशी प्रतिकृयावादीका आडमा लोकतन्त्रको रटाईले देशको आवश्यकता र जनताको चाहना पूरा हुँदैन । वार्ता, सहकार्य, एकता, सहमति नचाहने राजनीतिक दलले देशमा कदापी सुशासन सिदन सक्दैन ।
१० वर्षे सशस्त्र जनयुद्ध र जनआन्दोलनबाट आएको शक्ति र व्यक्तिहरू आत्मसमर्पणवादी, अवसरवादी, विसर्जनवादी, प्रतिकृयावादीका रुपमा देखा परेका छन् । वर्तमान सत्तामा रहेको नेकपा र ओली नेतृत्वको सरकारलाई जनताले खराब ठह¥याइरहेका छन् । उनीहरूको खराब प्रवृत्तिले देश र जनताको सर्वोत्तम हित नगर्ने स्पष्ट भएको छ । गलत सम्झौता गरे आप्mनो सरकारको आयु लम्ब्याउन खोजेको ओली सरकार निकम्मा सावित भइसकेको छ ।
अब त्यो सरकार देश र जनताको भरोसायोग्य र विश्वासयोग्य बन्न सक्दैन । ओली सरकारले राजनीति र कुटनीति दुबै असन्तुलित बनाएको छ । जोरजबरजस्ती गरेर सत्ताको दुरुपयोग, लोकतन्त्रको अवमूल्यन गरेर सरकार र शासन चल्दैन, त्यसैले होला ओलीले दिएका आदेश, निर्देशन कर्मचारीसंयन्त्रलेएक कानले सुनेर अर्को कानले उडाउने गरेका छन् । सबैको आ–आप्mना समस्या लिएर सडकमा उत्रिसकेका छछन् । ओलीले फासिवादी चरित्र बोकेर जन संघर्षलाई दबाउन खोज्छ भने पीडित जनताहरुले दुनियाँमा असंभव भन्ने केही छैन भनेर सरकार विरुद्ध सबैखाले अस्त्र चलाउन बाध्य हुनेछन् ।
जनताको शत्रु पुलिस र सेना होइन । प्रहरी र सेनालाई गलत आदेश दिएर जन दमन गर्न खोज्ने ओली जनताको साझा शत्रु ठान्दछन् । साझा शत्रु विरुद्ध जनता जागे, उठे भने त्यसको नतिजा कस्तो आउला ? के ओली सरकारले अनुमान गरेको छ ? अब हुने क्रान्ति निकै निै निर्मम हुनेछ । दमनकारीलाई जनताले अपराधी सरह व्यवहार गर्नेछन् ।
आतंक मच्चाएर लुटपाट गर्नेहरूसँग सम्झौता हुँदैन, सुरक्षा कारवाही नै हुन्छ भनेर प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको नेकपालाई इंगित गरेर जुन कटु बोलि बोलेका छन् यो बोलीबाट विद्रोहीको गोली निस्कन्छ । खराब प्रवृत्तिका व्यक्तिहरू सत्तामा रहँदासम्म लोकतन्त्र बलियो हुन सक्दैन । यो लोकतन्त्र होइन, केपी ओलीको ठोकतन्त्र हो । जन विरोधी र राष्ट्रविरोधी कार्य गर्ने सरकार षडयन्त्रकारी सरकार हो । यसले आफ्नो स्वार्थकालागि जस्तोसुकै अपराध गर्न सक्दछन् । उनीहरू आफ्नो असक्षमता, अयोग्यता, बेइमानी लुकाउन अनेकौं अपराध गर्ने पक्षमा छन् । सरकारको प्रतिष्ठा गिरिसकेको छ ।
यथार्थताको धरातलर्ला भुलेर विद्रोही नेकपाका विरुद्ध अति अनैतिक तुच्छ बचन र व्यवहार प्रस्तुत गरेर दमनको शासन, यमराजको शासन चलाउँछु भनेर गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री के.पी. शर्मा ओलीले नठाने हुन्छ ।
परिस्थिति बद्लिएको छ । केपी ओली, प्रचण्ड, रामबहादुरहरूको औकात र हैसियत जनताले नापी सकेका छन् । देशमा लगभग भुठभेड शुरु भइसकेको छ । राजनीतिक सुझबुझ नराख्ने हो भने मरता क्या नहिं करता को स्थितिमा पुगेको नेकपाले ठूला ठूला विध्वंश मच्चाउन सक्छ । यो देश ओली एण्ड प्रचण्ड कम्पनीको मात्र बपौती होइन । आफूहरुले गल्तीमाथि गल्ती गर्दै जाने अनि विरोध गर्दा चरम दमनको बाटो लिने ? नेपाली जनताले कस्तो नियति भोग्नुपर्ने हो ?
सरकारले राजनीतिक बाटो भुलिसकेको छ । उसको दृष्टिदोष भइसकेको छ । जन दमन बाहेक अर्को विकल्प उसले देख्नै छाडिसकेको छ । यो नै विनाशकाले विपरित वुद्धि हो । शान्तिपूर्ण समाधानको ठाउँमा राज्य आतंक कायम गर्न खोज्ने ओलीको तानाशाही बन्ने रहरलाई विदेशी प्रतिकृयावादी, दलाल, पूंजीपति, अवसरवादी, भ्रष्ट कर्मचारी तन्त्रले के सघाउन सक्छ त ?
अधिकांश गरिब, बेरोजगार जनता सामान्य औषधि उपचार गर्न नपाएर अकालमा मृत्युवरण गर्न बाध्य छन् । दैनिक जीवन झन–झन कष्टकर बन्दै गइरहेको छ । नागरिकको सर्वोच्चता, राष्ट्रको सर्वाधिकार, स्वाभिमान, स्वाधीनतालाई ओली सरकारले आप्mनो स्वार्थ अनुकूल व्याख्या गर्दै आइरहेको छ । सिरानीमा तलवार राखेर सुखी, शान्ति र समृद्धिको सपना देखिरहेको ओली सरकारलाई यतिखेर मन पर्ने विषय भनेको राजनीतिक अराजकता र अव्यवस्था बनेको छ ।
प्रधानमन्त्री ओली राज्यकोषको १४ करोड खर्च गरेर विदेशमा आफ्नो औषधि उपचार गराउँछन् । प्रत्येक वर्ष हजारमा २४ जना आमा बच्चा जन्माउँदा नै मर्छन भने ५ वर्ष नपुग्दै २६ लाख बालबालिका मर्छन् । भ्रष्टाचारी र दलालका नाइके ओली विदेशी लगानी, पानी जहाज, रेल, मनोरेल, मेट्रोरेलको सपना बाँड्छन् । जे बोल्दे पनि भा छ, जे गर्दै पनि भा छ ।
१४ वर्ष जेल बसेको योग्यताको प्रमाणपत्र र नोट बाँडेर, भोज भतेर खुवाएर चुनाव जित्ने पद्धति अन्तर्गत दुई तिहाई बहुमत आएको आडमा कम्युनिष्ट भएर बचेखुचेको कम्युनिष्ट विचार, सिद्धान्त, आन्दोलनलाई स्वाहा बनाउने ओलीको पश्चिमा राष्ट्रहरूले तयार पारिदिएको ग्राण्ड डिजाइन निकै खतरा छ । नेपालमा विदेशीको गोटी बनेर सरकार चलाइरहेका ओलीले आखिरमा नेपाली जनताहरूलाई दिनसम्मको सास्ती दिने छाँटकाँट देखा पर्दैछ । राजनीतिको अँध्यारो कालो बादलले नेपाल र नेपालीलाई ढाक्दैछ । अब ओलीको लोकतन्त्रलाई जनताले स्वीकार्ने अवस्था छेन । यसका विरुद्ध जनता उठ्नु बाध्यता पनि बनेको छ । अब एकीकृत जनक्रान्तिबाहेक अर्को विकल्प पनि छैन ।
ओलीको गलत नीति, व्यवहार र गतिविधिलाई मन नपराउने सबै विपक्षी पार्टी, शक्ति, जनता अब एकै ठाउँमा उभिएर एउटा मात्र लक्ष्य र उद्देश्यका साथ अघि बढे मात्र तानाशाह बन्न खोजेका ओली र निकम्मा साबित भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था समाप्त भई सुनौलो भविष्यको सुरुवात हुन्छ । सहमति, सहकार्य, सुझबुझ, सन्तुलन राजनीति सुशासनका लक्षण हुन् ।
शासक होस् अथवा सर्वसाधारण मानिस जन्मजातै ऊ स्वतन्त्र हुन्छ भन्ने मान्यता लोकतन्त्रले बोकेको हुन्छ तर ओलीको लूटतन्त्र यसको विपरित छ । मानिस स्वयंले निर्माण गरेका असमानता, भेदभाव तोड्नु नै लोकतन्त्र हो । संविधानको पुस्तकमा लेखिएको समानता र स्वतन्त्रतालाई प्रतिबन्ध लगाउने गरी खडा गरिएका व्यवस्था लोकतन्त्रका लागि चुनौती हो । वर्तमान अवस्था र व्यवस्था भनेको प्रधानमन्त्रीले पिउनलाई अर्हायो, पिउनले कुकुरलाई अर्हायो, कुकुरले पुच्छर हल्लायो भनेजस्तो छ । हुने खाने केही होइन, दुःख र सास्ती खेप्नु नै संघीय लोकतान्त्रिक गण्तन्त्रको उद्देश्य हो त ? पात्र परिवर्तन, प्रवृत्ति पुरानै, नयाँ बोत्तलमा पुरानै रक्सी, पुरानै खराब प्रवृत्ति ¤ अनि अब कसरी सरकार, शासन चल्छ ? यही हो त अग्रगामी र सकारात्मक परिवर्तन ? लोकतन्त्र नराम्रो व्यवस्था होइन तर यसकालागि परिपक्व अवस्था र प्रधानमन्त्री ओलीको योग्यता, क्षमता देखिएन, वर्तमान व्यवस्थाको अकालमै ओलीका दोषका कारण मृत्यु हुने भयो । कम्युनिष्ट–कम्युनिष्टबीच लडाई । एउटा सिवदेशी दलाल, पूंजीवादी, संशोधनवादी ओली–प्रचण्ड कम्युनिष्ट, अर्को विप्लव जस्तो क्रान्तिकारी, देशभक्त, भरोसायोग्य र विश्वसयोग्य कम्युनिष्ट । युद्धमा, प्रतिस्पर्धामा जीत र हार हून्छ नै । निर्णायक शक्ति जनताले विप्लव पक्षलाई जिताउने छन् या वर्तमान कु–व्यव्स्थाका हेड अफ कमान्ड ओली–प्रचण्ड कम्पनीलाई ? भविष्यले बताउने नै छ ।
साभारः क्राइमचेक