Saturday, February 8, 2025
घरक्राइम चेकआम नेपालीको प्रश्न आम नेपालीलाई

आम नेपालीको प्रश्न आम नेपालीलाई

– स्वयम्भुनाथ कार्की

झण्डै ३० वर्षको दलीय शासनको मूल्यांकन गर्ने बेला भएको छ । यो बेला जनताले दैनिक जीवनयापनमा कष्ट भोग्नु परेको छ । हेर्दा सामान्य जस्तो लाग्ने यस्ता कष्टहरु गहिरो असर गर्ने छन् । आप्mनो काम छोडेर कुनै न कुनै दलको झण्डा उठाएर ज्यान फाल्न तैयार हुनु पर्ने जनताको विवशता भएको छ । हरेक सरकारी कार्यालयमा जनताले आपूmलाई नेपाली हैन कुनै न कुनै दलको स्थानीय नेताको समर्थक देखाउन सकेन भने लगातार हण्डर खानु पर्छ ।

नेपालको अहिलेको अवस्थामा व्याप्त भ्रष्टाचारको विरुद्ध, शान्तिपूर्ण विकसित र सुन्दर नेपालको निमित्त नेपाली चिन्तित छन् । वेथिति र अराजकता बढेको छ, राष्ट्रसेवक भनिने कर्मचारीहरु आफुलाई नेपाली जनताको भन्दा कुनै न कुनै दलको पक्षधर देखाउन गौरव महशुस गर्दछन् । निरिह जनतालाई उकास्न निडर भएर काम गर्नुपर्ने कर्तव्यमा रहेका यस्ता राष्ट्रसेवक आपैm असुरक्षित महशुस गर्दछन र संगठनको आवश्यकता देख्छन् । जुन मुलुकमा कर्मचारी नै राष्ट्रप्रति भन्दा कुनै न कुनै दल प्रति वफादारिता राख्छन त्यो मुलुक कहिल्यै राम्रो होला र ? त्यसैले हाम्रा सन्ततिको निमित्त कस्तो नेपाल छोड्ने भन्ने चिन्तन गर्ने वेला भएन र ?

नेपालीहरु दलमा राष्ट्र नै भुलेर दलमा समाहित हुनु पर्ने विवशता भोग्दैछन् । दलको झण्डाले राष्ट्रिय झण्डाको ओझेमा परिसक्न लागेको छ । आज नेपाल भित्र नेपालीको सामुहिक परिचय छैन । अनेकौं समुह, जाती, क्षेत्र, राजनैतिक आस्थाले एकै घर परिवार भित्रकाको पनि अलग परिचय बनाएको छ । अनि एक आपसमा झगडा गर्नु प्रमुख काम भएको छ । लाग्छ विदेश गएका नेपालीहरु बीच मात्र नेपालीको साझा परिचय छ । तर त्यो पनि संकटमा छ, प्रतिकुल परिस्थितिमा ज्यानैसम्म जाने विकट मेहेनत गरेर नेपाली भएर बसेका उनीहरु बीच पनि दलहरु भातृसंगठन खोल्दैछन् । यो त्यो मेहेनतको कमाईबाट केही रकम भए पनि आप्mनो दलमा ल्याउने निच प्रयास हो ।

भन्नलाई प्रजातन्त्र (लोकतन्त्र) भने पनि यो केवल शव्दमा सिमित भएको छ । जनताले यो प्रजातन्त्रको उपभोग गर्न पाएका छन् त ? जनताले केवल भोट दिने औजार भन्दा ज्यादाको अधिकार पाएका छैनन् । त्यो भोट पनि निर्वाचनहरु स्थगित भएर टिके प्रतिनिधि नियुक्त गर्ने दल र नेताहरुको स्वाथ्र्यमा दिन नपाएको एक युग नै भैसकेको छ । संविधान बनाउने कामको निमित्त गरिएको निर्वाचनमा पाएको मत त्यो भन्दा फरक राज्य संचालनमा प्रयोग हुनु बेइमानी हो । अन्तरिम वा संक्रमणकालमा दिर्घगामी असर पर्ने काम गर्न नपाइने विश्वव्यापी परम्परा हो तर टिके प्रतिनिधि नियुक्त गरेर, जनताको मतको अपव्याख्या गरेर काम भएको छ ।

यो सब शक्ति र पैसाको निमित्त गरिएको हो । हिजोसम्म सर्वसाधारणको जस्तो आर्थिक हैसियत भएकाहरु अहिले अपरिमित सम्पत्तिको मालिक भएका छन् । राजनीति बाहेक अर्को कुनै काम नभएका अनि कमाईको अर्को कुनै श्रोत नदेखिएका नेताहरुको यो सम्पन्नता ले के अर्थ दिन्छ ? के प्रजातन्त्र (लोकतन्त्र)को सही परिभाषाको निमित्त लड्ने समय भएन र ? के नेपालीले स्वच्छ र धाँधली रहित निर्वाचन उपयोग गर्न पाएका छन् ? प्रजातन्त्र(लोकतन्त्र)मा जुन दल शक्तिमा आए पनि प्रहरी र प्रशासन तटस्थ र जनमैत्री हुनु पर्दछ, के त्यस्तो छ त ? न्यायक्षेत्र धनी गरिव आदि कुनै पनि भेदभावमुक्त भएर समान र निष्पक्ष हुनु पर्ने मान्यता छ । तर त्यहाँ पनि दल र नेताहरुको आप्mनो राजनैतिक आधारभूमि बनाएर दुषित गर्ने कुत्सित प्रयत्न चालु छ ।

मुलुकलाई २१औं शताव्दिमा लैजाने कुरा गर्ने नेताहरु कुनै विकसित राष्ट्रमा विद्यार्थी, चिकित्सक, श्रमिक, वकिल, शिक्षक आदि राजनीतिमा संलग्न भएको उदाहरण दिन सक्छन््् ? यीनीहरुलाई राजनीतिमा संलग्न गराएर जतापनि आप्mनो वर्चश्वको रक्ष गर्ने दास बनाउने उदेश्य हैन र ? हो केही नेपालीहरु १६रौं शताव्दिमा । कोही १७रौं, १८रौं र केही १९सौं शताव्दिमा बाँची रहेका छन । तिनीहरुलाई माथि उठाउने यो समयमा सकियो त ? माथि उठने त कुरै छोडौं नेपाल निरन्तर तल जाँदैछ । आप्mनो वर्चश्व राख्न नेताहरु जनतालाई जाती, क्षेत्र, प्रान्त आदिमा विभाजन गर्दैछन् ।

केवल भोटको निमित्त, शक्ति र पैसाको निमित्त नेपाल र नेपाली नचिन्ने नेताहरुले मुलुक बनाउँछन भन्ने आशा राख्ने ? त्यसैले अब सबै नेपालीले केही समयको निमित्त दलको झण्डा विसाएर राष्ट्रिय झण्डा उठाउनै पर्दछ, दलीय राजनीति भन्दा माथि उठ्नै पर्दछ । सबैभन्दा पहिले नेपाली परिचय कायम गर्नै पर्दछ । अवको राजनैतिक सिद्धान्त त्यो हो जसले नेपाल र नेपालीलाई स्वाभिमानी बनाउछ । आर्थिक सिद्धान्त त्यो हो जसले नेपालीलाई आप्mनै छापथलोमा बसेर सम्मानपूर्वक आप्mनो क्षमताको प्रदर्शन गरेर उन्नत हुने अवसर दिन्छ । यो सबै सम्भव छ केवल दलिय सोच भन्दा माथि उठेर राष्ट्रिय सोच राखिन्छ ।

(सिनेट श्रेष्टको नामाकरण गरि नसकिएको राष्ट्रिय मोर्चाको अवधारणमा आधारित)
साभारः क्राइमचेक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -