Sunday, September 8, 2024
घरक्राइम चेकभू–माफियाहरूको रोजीरोटी खोसिने भो ! पर्साका सिडियोले अतिक्रमित र ऐलानी पर्ती सार्वजनिक...

भू–माफियाहरूको रोजीरोटी खोसिने भो ! पर्साका सिडियोले अतिक्रमित र ऐलानी पर्ती सार्वजनिक जग्गामाथि निगरानी बढाउने

वीरगंज, वैशाख/
जिल्ला सुरक्षा समिती पर्साको बैठकले जिल्ला भरिका ऐलानी पर्र्ती जग्गा खाली गराउने निर्णय गरेको छ ।
सार्वजनिक जमिन संरक्षण गरौं भन्ने अभियान अन्र्तगत अहिले महानगर भित्र सो अभियान सक्रिय भएको होे सुरक्षा समितीको बैठकले पर्साका अधिकांश स्थानीय तहहरुमा सार्वजनिक जग्गाहरु अतिक्रमित भएको गुनासो आएपछि यो अभियानलाई अहिले जिल्लाभरीमा सक्रिय बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायण भटराईले जानकारी दिनु भयो ।

अहिले वीरगंज महानगरपालाका भित्र अभियान संचालिन रहेको छ । यस अभियानलाई बिस्तार गरिदै जाने निर्णय भएको प्रजिअ भटराईले जानकारी दिनु भयो ।

दोस्रो चरणमा महानगरको ३० बेलवामा रहेको अतिक्रमित जग्गालाई हटाउने त्यपछि सथानीय तहहरुमा अभियान चलाउने वहाँको भनाई छ । हिजो बेलवामा बसेको सर्बपक्षीय भेलामा वीरगंज महानगरका मेयर विजय सरावगी, प्रहरी उपरिक्षकद्वय रेवती ढकाल, प्रेमध्वज शाह, वडाका वडाध्यक्ष सहितको विभिन्न दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
यसरी अतिक्रमित र ऐलानी पर्ती सार्वजनिक जग्गाहरूमाथि निगरानी बढाई राज्यले आप्mनो अधिनमा लिने निर्णयले भू–माफियाहरूको जंजाल र गिरोहलाई भने ठूलो झड्का लागेको छ । वीरगंज महानगरलगायत जिल्लाका विभिन्न स्थानका सार्वजनिक र सरकारी जग्गामा अधिपत्य जमाई व्यक्तिको नाममा रजिष्ट्रेशन गर्नेहरूको रोजिरोटी खोसिने भएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -