Tuesday, October 15, 2024
घरक्राइम चेकप्रहरीको सक्रियता (?) का बाबजुद रोकिएन काठ तस्करी

प्रहरीको सक्रियता (?) का बाबजुद रोकिएन काठ तस्करी

वीरगंज /
पर्सा प्रहरी नेतृत्वले जतिसुकै सक्रियता र सतर्कताको नौटंकी देखाए पनि वास्तविकता भने निकै भिन्न रहेको विभिन्न घटनाक्रमले प्रमाणित गर्न थालेका छन् ।

जिल्लाको पश्चिमी–उत्तरी भेगमा बचेखुचेको जंगलबाट समेत दिउँसै रुख कटान गरी तस्करी हुने गरेपनि प्रहरी भने बेखबर झैं बसेको देख्दा पर्सा प्रहरीको सक्रियता तस्करी नियन्त्रण, कानुन पालनाको लागि हो या अवैध कृयाकलापमा संलग्नहरूलाई सघाउन र जंगल मास्ने गिरोहलाई सघाउनकालागि हो ? भन्ने प्रश्नले चौतर्फी रुपमा बहसको विषय बनेको छ ।
जिल्लाको विभिन्न नाका र क्षेत्रमा तैनाथ सशस्त्र र नेपाल प्रहरीहरूको क्षेत्रबाट दिनहुँजसो हुने निर्वाध तस्करी, अवैध कृयाकलाप, राजश्व छली, अवैध गतिविधि लगायतका घटनाक्रमबढ्दै जानुले पर्सा प्रहरीको नेतृत्वमाथि प्रश्नचिन्ह उठ्न थालेको हो ।

करोडौंको कारोबारी अर्थात ठूला तस्करहरू र माफियाहरूलाई लाईन संचालनमा सघाएर बस्ने प्रहरीहरू भने साना तिना व्यापारी र कारोबारीलाई समातेर ठूलै विजय हासिल गरेको जस्तो गरेर मिडियावाजी अर्थात् सस्तोप्रचारमुखी बन्न अग्रसर रहेको देखिन थालेको छ ।

वीरगंजको वडा प्रहरी कार्यालय श्रीपुर क्षेत्रबाट हुने अवैध तस्करी र नेपालका अन्य नाकाबाट भइरहेको तस्करीबारे पर्सा प्रहरीलाई जानकारी हुँदैन तर प्रदेश प्रहरी आएर तस्करीका सामान बरामद गर्छ भने यसमा पर्सा प्रहरीको मुद्रामोह स्वतः प्रष्टिन आउँछ ।

पर्सा वन क्षेत्रबाट भइरहेको व्यापक वन फँडानी र काठ तस्करीकै क्रममा प्रहरीले सालको तयारी गोलिया काठ सहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीले पर्सागढी नगरपालिका वडा नम्बर ९ बस्ने बलिराम सहनी र चैती देवीलाई पक्राउ गरेको हो ।
वीरगंज महानगरपालिका–१३ बाट पक्राउ परेका बलिराम ना४ख ६९५८ नम्बरको यात्रुबाहक बसका चालक हुन भने चैतिदेवी बसधनी हुन् । वागवानाबाट वीरगंजतर्फ आइरहेको बसमा अवैध रुपमा सालको गोलिया काठ ल्याउँदै गरेको सूचनाको आधारमा उनीहरुलाई ११ क्युफिट काठसहित पक्राउ गरिएको बताइन्छ ।

बसमा खानतलासी गर्दा बसको डिक्की र छतमा लुकाएर ल्याउँदै गरेको ११ क्युफिट सालको तयारी गोलियाकाठ बरामद भएको हो । बरामद गरिएको काठको मूल्य अन्दाजी ५० हजार रहेको अनुमान गरिएको छ । बरामद गरिएको काठ, बस र पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पर्सामा बुझाइएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -