Tuesday, October 15, 2024
घरसमाचारनेपालमै पहिलो पल्ट फायर हेयर कटिङ्, बलिउडका चर्चित हेयर डिजाइनरले दिए प्रशिक्षण...

नेपालमै पहिलो पल्ट फायर हेयर कटिङ्, बलिउडका चर्चित हेयर डिजाइनरले दिए प्रशिक्षण (भिडियोसहित)

काठमाण्डौ,
कपाललाई ठाडो र स्टेट पार्न विभिन्न जेल र क्रिमहरू प्रयोग गर्ने प्रकृयामा विराम दिंदै फायर हेयर कट अर्थात आगो लगाई कपाल काट्ने कलात्मक विधिको एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।

भक्तपुर पेप्सीकोला सिटि अपार्टमेन्ट नजिकै रहेको “बिग गाईज ए कम्प्लीटेड हेयर एण्ड ब्यूटी शोलुसन”ले आयोजना गरेको एक दिने फायर हेयर कट एण्ड ब्यूटी फाइव डी हेयर कलरिङ ट्रेनिङमा भारतीय बलिउडका चर्चित हेयर डिजाइनर नाजिम अलीले स्थानीय ब्यूटिसियन र हेयर डिजाइनरहरूलाई ट्रेनिङ दिंदै फायर हेयर कटको शुभारम्भ गरेका हुन् ।
बलिउडका साथै भारतको दिल्ली र मुम्बई महाराष्ट्रतिर निकै नै चर्चित रहेको “फायर हेयर कट” नेपालमै पहिलो पटक गर्न थालिएको बिग गाईज ए कम्प्लीटेड हेयर एण्ड ब्यूटी शोलुसनका संचालक राज महम्मदले दाबी गरे ।

भारतीय चर्चित हेयर डिजाइनर नाजिम अलिलाई उद्धृत गर्दै बिग गाईज ए कम्प्लीटेड हेयर एण्ड ब्यूटी शोलुसनका संचालक एवं हेयर डिजाइनर राज महम्मदले भने, “बढ्दो फैसन र स्टाइलिस बन्ने चाहनामा मानिसहरूले अनेकौं कम्पनीका जेल प्रयोग गरेर कपाल ठाडो बनाउने गर्छन्, जो कि कपालको लागि हानिकारक हुन सक्छ र महंगो पनि पर्न जान्छ तर एकचोटी फायर हेयर कटको माध्यमबाट कपाल कटिङ गराएपछि अर्कोचोटी नकाटुञ्जेल कुनै जेल र सेट क्रिमको प्रयोग बिना नै कपाललाई ठाडो बनाउन सकिन्छ ।”

भारतको दिल्लीबाट आएका हेयर डिजाइनर नजिम अली आफू भारतकै पहिलो “फायर हेयर कटर” र ब्लाइन्ड हेयर कटर आर्टिस्ट भएको दाबी गर्छन् । उनका अनुसार कलाकारिता, मोडललिङ, नाट्य लगायतका विभिन्न विधालगायत सर्व साधारण युवाहरूले बजारमा पाइने विभिन्न ब्राण्डका सेट वेट जेल र हेयर क्रिम लगाउनुको सट्टा फायर हेयक कटको माध्यमबाट आप्mनो कपाललाई आफूले चाहेअनुसार ठाडो वा सेट गरेर राख्न सकिन्छ ।

??????????? ???? ?????

कपालमा आगो लगाएर काट्ने विधि कत्तिको प्रभावकारी वा हानिकारक हुन सक्छ भन्ने प्रश्नमा हेयर आर्टिस्ट नाजिम अलीले भने, यो विधिले कपाललाई कुनै हानी गर्दैन बरु बजारमा पाइने विभिन्न ब्रण्डका क्रिमले हानी पु¥याउन सक्छ, त्यसैले बिना हिच्किचाहट यो विधि प्रयोग गर्न सकिन्छ ।

पेप्सीकोला बस्ने युवा सतीश श्रेष्ठले सो समारोहमा फायर हेयर कट प्रविधिबाट आप्mनो कपाल कटाएका थिए ।
कार्यक्रममा भारतीय हेयर डिजाइनर नासिम अलीले प्रशिक्षणको क्रममा डेड अर्थात मरिसकेका कपाल भएकी स्थानीय एक युवतीको कपाल डिजाइन गरी जीवन्त बनाइदिएका थिए ।

सो ट्रेनिङमा प्रशिक्षितहरूले राज महम्मद, श्याम ठाकुर, सुरज ठाकुर, रमेश ठाकुर, नूर आलम, जहिर आलम लगायतले पेप्सीकोला सन सिटी अपार्टमेन्ट नजिकै रहेको बिग गाईज ए कम्प्लीटेड हेयर एण्ड ब्यूटी शोलुसनबाट “फायर हेयर कट”को थालनी गरिसकेकाले इच्छुकले सम्पर्क गरेर कटाउन सक्ने सोलुशनका प्रमुख राज महम्मदले बताए ।

सो समारोहमा स्थानीय शान्ति राणा लगायतले डिजाइनर नाजिम अलीबाट कपालको डिजाइन र कटिङ गराएका थिए ।

भिडियो हेर्नुस्…

१९ गते वैशाख क्राइमचेकमा प्रकाशित

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -