Saturday, November 9, 2024
घरसमाचारसिंगापुरका प्रधानमन्त्री च्यातिएका मोजा लगाएर पार्कमा नाति–नातिनासँग रमाउँदै गरेको (तस्बिर भाईरल)

सिंगापुरका प्रधानमन्त्री च्यातिएका मोजा लगाएर पार्कमा नाति–नातिनासँग रमाउँदै गरेको (तस्बिर भाईरल)

हाम्रो देश नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका अध्यक्ष मात्र होइन, मन्त्रीको सुरक्षामा पनि सेना र प्रहरी हुन्छन् । अगाडि पछाडि सुरक्षाकर्मीको लावालस्कर लागेको हुन्छ । सुरक्षाकर्मीले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री कसैलाई पनि छुन र भेट्न दिँदैनन् । सभा, समारोह जतासुकै हुन् नेपाली भीभीआईपीहरू सुरक्षा घेरामै हुन्छन् । अझ उनीहरूको लवाई हेर्ने हो भने त नेपाली जनता निकै धनी छन्, सम्पन्न छन् । कुनै कुराको कमी छैन भन्ने देखिन्छ ।

तर, सिंगापुरका प्रधानमन्त्री लि सेन लुङको यो तस्बिर हेर्नुहोस् । उनी आफ्नी श्रीमतीसहित एक पार्कमा सामान्य मानिसहरुसँग नाति–नातिनीसँग रमाउँदै गरेका देखिन्छन् । उनले लगाएको मोजा प्वाल परेको देखिन्छ । उनको यस्तो सामान्य व्यवहारका कारण पनि सिंगापुरमा उनी लोकप्रिय छन् । वर्षको २२ लाख सिंगापुर डलर तलब खान्छन् उनी ।

सन् २००४ देखि उनी निरन्तर सिंगापुरका प्रधानमन्त्री पदमा छन् । उनको यो तेस्रो कार्यकाल हो । न कुनै सुरक्षाको घेरा, न त विशेष आसन वा ‘रेड कार्पेट’ को व्यवस्था १ पिकनिकको दिन नाति–नतीनासँग ‘बोटानकि गार्डेन’ मा रमाइरहेका सिंगापुरका प्रधानमन्त्री ली सेन लुङ र ‘फस्र्ट लेडी’ को यो तस्बिर अहिले इन्टरनेटमा भाइरल बनेको छ । सिंगापुरमा सुरक्षाको कुनै थ्रेट छैन । जस्तोसुकै भीभीआईपीले पनि सामान्य व्यवहार देखाउँछन् । सिंगापुर एसियाकै धनी देशमध्येमा पर्छन् । Source medianp.com

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -