Tuesday, May 21, 2024
घरसमाचारचौतर्फी विरोधपछि क्रिश्चियनको चङ्गाई कार्यक्रम स्थगित

चौतर्फी विरोधपछि क्रिश्चियनको चङ्गाई कार्यक्रम स्थगित

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, २८ चैत्र/

क्रिश्चियनहरूले काठमाण्डौको बग्गीखानास्थित योगम्बर पार्टी प्यालेसमा गर्ने भनेको चङ्गाई कार्यक्रम हिन्दूवादी तथा राष्ट्रवादीहरूको विरोधपछि स्थगित भएको छ ।

शिव सेना नेपाल, आरोहण, झाँक्री संघ, सगोरा नेपाल लगायतका विभिन्न धार्मिक तथा राष्ट्रवादी संघसंस्थाले चर्को विरोध जनाएपछि सो कार्यक्रम स्थगित भएको शिव सेना नेपालकी केन्द्रिय सदस्य सिर्जना वाग्लेले बताउनु भयो । बग्गी खानामा स्थगित सो कार्यक्रम सातदोबाटोस्थित एन्फा भवन पछाडि रहेको चोला मण्डलीमा हुने भएको छ । फेसबुकमा फेला परेको एउटा पत्रमा नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबि गहतराजको पनि हस्ताक्षर छ, जसमा भनिएको छ, “देशको वर्तमान परिस्थितिलाई मध्यनजर गरी योगम्बर पार्टी प्यालेसमा नगर्ने र चोला मण्डलीमा गर्ने निर्णय भएको छ ।”

सुरूमा यो कार्यक्रम ललितपुरस्थित सेन्ट जेभियर्स स्कुलमा आयोजना हुने भएको थियो । आरोहण, शिव सेना नेपाल र सगोराका सदस्यहरूले ललितपुर जिल्ला प्रशासन कार्यालय तथा जेभियर्स स्कुललाई समेत कार्यक्रम स्थगनका लागि अनुरोध गरेका थिए । त्यहाँ कार्यक्रम गर्न नमिल्ने अवस्था आएपछि स्थान परिवर्तन गरेर योगम्बर पार्टी प्यालेसमा कार्यक्रम राखिएको थियो ।

आपसमा मिलेर बसेको सनातनी समाजमा विभिन्न अधिकारवादी तथा समूहका नाममा इसाइहरूले कार्यक्रम आयोजना गरी हिन्दू धर्म परिवर्तन अभियान चलाइरहेको हु“दा सबै पक्ष मिलेर प्रतिकारमा उत्रिनु पर्ने शिव सैनिक सिर्जना वाग्लने बताउनु हुन्छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -