Friday, May 3, 2024
घरसमाचारफोरमसग एकता गर्न राजपा तयार

फोरमसग एकता गर्न राजपा तयार

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपाले संघीय समाजवादी फोरमस“ग एकता गर्न आफू तयार रहेको जनाएको छ । मंगलबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले दुई दलबीच एकता गर्न फोरमले सकारात्मक पहल दिएको भन्दै दुई दलबीचको एकतकालागि राजपा सधैं सकारात्मक रहेको निष्कर्ष निकालेको हो ।
संघीय समाजवादी फोरम नेपालले राजपलाई एकताको प्रस्ताव गर्दै चैत ६ गते पत्र पठाएको थियो । फोरमले पत्रमा सत्तापक्ष र प्रतिपक्षबीच एकीकरणका सन्र्दभमा आपसी सहमति र समझदारीका आधारमा त्यस्ता विषय हल गर्न सकिने उल्लेख थियो, जसलाई राजपाले सकारात्मक भनेको छ ।
साथै राजपाले यो विषयमा थप छलफल र संवाद गर्न अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको संयोजकमा रहेको वार्ता टोलीलाई जिम्मेवारी दिएको छ । राजपाले वार्ता र संवादमार्फत जस्तो सुकै अवरोध हट्ने र एकीकरणको प्रयास चा“डै निश्कर्षमा पुग्ने विश्वसा लिएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -