Friday, May 3, 2024
घरसमाचारराजनीतिसांसद राजेन्द्र लिङ्देनलाई मार्न ५० लाखको “सुपारी”

सांसद राजेन्द्र लिङ्देनलाई मार्न ५० लाखको “सुपारी”

काठमाडौं । झापा क्षेत्र नम्बर–३ का सांसद राजेन्द्र लि·देनलाई ज्यान लिने धम्की आएको छ । “कसैले ५० लाखको लोभमा ममाथि गोली चलाउन सक्ला ?” भन्दै सांसद लिङदेनले ट्वीट गरेपछि उनीमाथि ज्यान लिने हमलासहित फोन धम्की आएको रहस्य सार्वजनिक भएको हो । ट्वीटमा फोन धम्कीको थोरै संकेत दिएका हुन् ।
लामौ मौनतापछि आफूलाई ज्यान लिने धम्कीसहित दुई सातादेखि फोन आइरहेको उनले बताए । “त“लाई मार्न ५० लाख रकम दिइसकेको छु । अब बा“च्दैनस्” भन्दै कहिले ह्वाट्स एप त कहिले मोबाइलमा फोन गरेर आउने गरेको छ । “एउटा आवाजबाट मलाई धम्की दिइन्थ्यो भने अर्को आवाजबाट मलाई मार्न पैसा दिएकाले सचेत हुन भनिन्थ्यो”, लिङ्देनले भने ।
उनका अनुसार काठमाडौंमै भएका वेला त्यो फोन आएपछि उच्च प्रहरी अधिकारीस“ग छलफल पनि गरेका रहेछन् । यद्यपि, लिखित उजुरी भने दिएनन् ।
प्रहरीले सुक्ष्म अनुसन्धान थालिसकेको छ । त्यसक्रममा झापाबाट एक जना व्यक्ति पनि पक्राउ परेका छन् । तर, उनले किन लिङ्देनलाई त्यसरी फोन गरे भन्ने खुलेको छैन ।
दुई जनाको स्वरमा फोन गरिए पनि दुवै व्यक्ति एकै भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनामा अन्यको पनि संलग्नता हुने आशंकामा अनुसन्धान भइरहेको छ । अन्य व्यक्ति पक्राउ परेपछि मात्रै लिङ्देनलाई दिइएको धम्कीबारे थप खुल्ने प्रहरीले बताएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -