Friday, February 7, 2025
घरसमाचारबारामा फेरी हुरीसहित असिना वर्षा

बारामा फेरी हुरीसहित असिना वर्षा

बारा, २६ चैत्र÷
२७ जनाको ज्यान जाने गरी हावाहुरी आएको २ साता नपुग्दै बारामा मंगलबार बिहान पुनः असिना पानीसहित हुरी आएको छ । हुरीले एसईईका साथै जनजीवन प्रभावित भएको छ । असिना–पानीसहित आधा घण्टासम्म आएको हावाहुरीले सिमरा उपमहानगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ । करैयामाई गाउ“पालिकामा अवस्थित नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट, मधुवनको छानो उडाएको छ । छानो उडाउ“दा प्रहरी प्रभावित भएका छन् । हुरीले उपमहानगरपालिकाको गहु“, मकै, तरकारीलगायत बालीमा क्षति पु¥याउनुका साथै सिमरा एफएमको टावरसमेत उडाएको छ । कतिपय स्थानमा हुरीले रुख समेत ढालिदिएको छ । घरको छतमा राखिएका सोलार प्यानल पनि हुरीले उडाएको छ । हुरीले एसईई परीक्षा प्रभावित भएको प्रहरीले जनाएको छ । सिमरा क्षेत्रका सुपरिटेन्डेन्ट शंकर आचार्यले भने, ‘आधा घण्टासम्म आएको असिनापानी र हुरीले विद्यार्थीहरुले लेख्नै सकेनन् । त्यसैले थप समय उपलब्ध गराउने निर्णय भएको छ ।’ यसअघि बाराको फेटा गाउ“पालिकालगायत स्थानमा हावाहुरी जा“दा २७ जनाको ज्यान गएको थियो । पर्सा पनि हावाहुरीको चपेटामा परेको थियो । यी स्थानका प्रभावितलाई टहरामा राखिएको छ । त्यहा“को अवस्थाबारे भने जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ । अनलाईनखबर

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -