Saturday, March 22, 2025
घरसमाचारट्राफिक नियम उल्लंघन बढ्दो, ७६ लाख जरीवाना असुली

ट्राफिक नियम उल्लंघन बढ्दो, ७६ लाख जरीवाना असुली

चन्द्रसूर्य समाचारदाता÷
वीरगंज, २६ चैत्र÷ ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनहरूबाट ट्राफिक प्रहरी कार्यालय पर्साले चार महिनाको अवधिमा ७६ लाख भन्दा बढी जरिवाना असुली गरिएपनि ट्राफिक नियम उल्लंघनका घटनामा कुनै कमी आएको छैन ।
काठमाण्डौको सी.बी.आई.कार्यालयबाट प्रहरी निरीक्षक राजकुमार सिंह गत मंसिर महिनामा सरुवा भई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा आएपश्चात पर्सा जिल्लामा फाल्गुन महिनासम्म ट्राफिक प्रहरी नियम उल्लंघन गर्ने विभिन्न सवारी सवारी साधनलाई कार्यबाही गरीनुको साथै दण्ड जरीवाना गरी रु. ७६ लाख एक हजार राजस्व संकलन गरिएको छ ।
प्रहरी निरीक्षक सिंहको आगमन भए यता पर्सा जिल्लामा भएको विभिन्न सवारी दुर्घटनामा ७ जना पुरुष, ४ जना महिला र ३ जना बालिका गरी १४ जनाको मृत्यु भएको छ ।
हरेक चोक, दोबाटो, चौबाटो, राजमार्ग तथा नो–ईण्ट्री लगायतका क्षेत्रमा पर्सा ट्राफिक प्रहरीहरू परिचालन गरिएको भएपनि यस भेगमा ट्राफिक नियम उल्लंघन गर्ने घटनामा कुनै कमी आएको देखिंदैन ।
मीना बजार, आदर्शनगर ट्रान्सपोर्ट एरिया लगायतका प्रवेश निषेधित क्षेत्रमा प्रवेश गरिएका हेवी मालवाहक सवारी साधन देखिने गरेको छ ।
सडकको भार क्षमता भन्दा बढी अर्थात ओभरलोड गरी ड्राइपोर्ट क्षेत्रबाट उद्योगहरूकालागि ढुवानी गरिएको देखिन्छ ।
यसरी अव्यवस्थित पार्किङ, मापसे, ओभरलोड गरी सवारी साधन चलाउने कार्य तथा खुल्ला रुपमा अर्थात त्रिपालले राम्रोस“ग नछोपी क्लिंकर, कोइला, बालुवा, भुस, माटो लगायतका प्रदूषण बढाउने तथा मानवस्वास्थ्यको लागि खतरनाक वस्तुको ढुवानी निर्वाध संचालन भइरह“दा पनि त्यस्ता ट्रिपर चालक, ढुवानीकर्तामाथि कारवाही नहुनुले ट्राफिक प्रहरीको कायैशैलीमाथि विभिन्न शंका उपशंका उत्पन्न भएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -