Friday, February 7, 2025
घरसमाचारहावाहुरी प्रभावित क्षेत्रमा अर्को संक्रमणको खतरा

हावाहुरी प्रभावित क्षेत्रमा अर्को संक्रमणको खतरा

चन्द्रसूर्य समाचारदाता÷
वीरगंज, २६ चैत्र÷
विनाशकारी हावाहुरीको कारण प्रभावित भएको स्थानहरुमा झाडा वान्ताको प्रकोप पैmल्न थालेको छ । हावाहुरी प्रभावित क्षेत्र बाराको फेटा गाउंपालिका वडा नं. १ भलुई, भरवलिया, वडा नं. ३ को गछिया टोल र वडा नं. ६ को पुरैनिया गाउंमा झाडापखाला प्रकोप देखा परेको छ ।
त्यसै गरी सुवर्णपुर गा.पा.को ४ हर्दिया वडा नं. ५ र ८ को पशुरामपुर लगायतका स्थानमा झाडा पखालाको प्रकोप पैmल्दै गएको छ । हावाहुरीको कारण मरेका पशु, जथाभावी शौच लगायतको कारण वस्ती नै दुर्गन्धित बनेको कारण झाडा पखालाको प्रकोप पैmल्दै गएको हो । विनाशकारी हावा हुरीको कारण जनधन गुमाएर पिडित भएकाहरु यतिखेर झाडापखालाको समस्यामा परेका छन् । झाडापखालाबाट प्रभावित वृद्ध वृद्धा र बालबालिकाहरुको संख्या बढी रहेका छन् । झाडापखालाको प्रकोप आउन सक्ने सुरु मै संचार माध्यमले जनाएको भएता पनि जनप्रतिनिधि र प्रशासनको उदाशिनताको कारणले गर्दा पिडितहरु माथि पिडा थपिदै गएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -