२०८३ असार १८ गते, बिहीबार २०:३४

कुलमानको खुलासाः यसरी फेरि लोडसेडिङ सुरू गर्ने षड्यन्त्र हुदैछ

काठमाडौं, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोड सेडिङ गराउनेहरुले प्राधिकरणको नेतृत्वलाई कम्जोर बनाउने प्रयास गरिरहेको दावी गरेका छन् ।
कार्यकारी निर्देशक घिसिङले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूले लोड सेडिङमुक्त गराएको र प्राधिकरणका नाफामा लगेको मन नपराउने तत्वहरुले विगतका प्राधिकरणका नेतृत्वको निर्देशनमा आफूहरुमाथि आपेक्ष लगाउने काम गरिरहेको भन्दै आपत्ति पनि जनाए ।
उनले प्राधिकरणलाई कम्जोर बनाउने विगतका नेतृत्व र प्राधिकरण भित्रका कर्मचारीहरु को हुन ? भन्ने विषय आफूहरुलाई थाहा भएको पनि बताए। आफूमाथि ६० लाख भत्ता लिएको आरोप विभिन्न समाचार माध्याममार्फत् ती तत्वहरुले लगाएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले आफूले कार्यसम्पादन मूल्यांकन समितिको सिफारिसमा ६ लाख मात्रै भत्ता बुझेको पनि स्पष्टिकरण दिए ।
उनले आफू आएबाट प्राधिकरणका सबै गतिविधि पारदर्शी रहेको र त्यसमा शंका लागे छानविन गर्ने अधिकार सरकारलाई सुरक्षित रहेको पनि स्पष्ट पारे ।
कार्यकारी निर्देशक घिसिङले आगामी चार वर्ष भित्र सबै नागरिकको पहु“चमा विद्युत प–याउने सरकारको लक्ष्य पूरा हुने गरी प्राधिकरणले काम गरिरहेको पनि बताए। उनले त्यसका लागि अपर कर्णाली, दुधकोशी, माथिल्लो तामाकोसी–५ जलविद्युत आयोजनाको कामलाई अघि बढाउन लागिएको पनि जानकारी दिए ।
कार्यकारी निर्देशक घिसिङले प्राधिकरणलाई अझै गतिका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।
ओली नेतृत्वको सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्न मिल्दैनः मोहन बैद्य
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्न नमिल्ने दावी गरेका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलार्ई सरकारले प्रतिबन्ध लगाएपछि महासचिव बैद्य सरकारप्रति आक्रामक बन्दै गएका छन्। सरकारले फेरि द्वन्द्व निम्त्याउनका लागि विप्लव समूहलाई प्रतिबन्ध लगाएको बताए ।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्नै नमिल्ने महासचिव बैद्यको तर्क छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चन्द नेतृत्वको नेकपा राजनीतिक पार्टी भएकाले सो समस्याको समाधान राजनीतिक रुपमै गर्न पनि सरकारलाई दवाव दिए ।
महासचिव बैद्यले प्रधानमन्त्री ओलीले मुलुकको धरातलीय यथार्थलाई भुलेर गरिवी अन्त्य गर्ने घोषणा गर्दै हि“डेको दावी पनि गरे ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM