२०८३ असार १८ गते, बिहीबार २०:३३

भारततर्फ खुल्लेयाम मदिरा तस्करी, प्रहरीद्वारा मदिरा बरामद

चन्द्रसूर्य समाचारदाता
वीरगंज, २३ चैत्र/

भारतको विहारमा मदिराजन्य पदार्थ बन्द गरेको मौका छोपी मदिरा तस्करहरूले नेपालको विभिन्न नाकाबाट नेपालमा उत्पादित विभिन्न ब्राण्ड तथा घरेलु मदिरा भारततर्फ तस्करी गरी लैजाने क्रमले व्यापकता पाएको छ ।

खुल्ला सीमाको फाइदा उठाउ“दै र सीमावर्ती क्षेत्रमा रहेका प्रहरी चौकीका प्रमुखहरूलाई प्रभावमा पारी तस्करहरूले दिनहु“ भारी मात्रामा मदिराजन्य पदार्थ भारततर्फ तस्करी गरी लैजाने गरेका समाचारहरू प्रकाशमा आएका छन् ।

सोही क्रममा बाराको वलरामपुरमा रहेको प्रहरी चौकीबाट खटेका प्रहरीले १० कार्टुन मदिरा बरामद गरेको छ ।

चोरी निकासी गरी भारततर्फ मदिराजन्य पदार्थ निकासी पैठारी हुन लागेको विशेष सूचनाको आधारमा खटिएको गस्ती टोलीले सीमावर्ती क्षेत्रबाट विभिन्न ब्राण्डका मदिरा बरामद गरी नियन्त्रणमा लिएको चौकी इन्चार्ज कुमार खड्काले बताउनु भयो ।

बराबद गरिएको ती मदिरा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालयमा पठाउने तयारी भइरहेको चौकी प्रमुख खड्काले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM