२०८३ असार १८ गते, बिहीबार २०:३४

हावाहुरी प्रभावितलाई लायन्स क्लव अफ सिद्धार्थनगर युथद्वारा त्रिपाल प्रदान

चन्द्रसूर्य समाचारदाता
वीरगंज, २३ चैत्र/
लायन्स क्लव अफ सिद्धार्थनगर युथले विनाशकारी हावा हुरीबाट प्रभावित ९६ परिवारलाई राहत स्वरुप त्रिपाल प्रदान गरेको छ ।

चैत्र १७ गते आइतवारका दिन आएको विनाशकारी हावा हुरीबाट प्रभावितहरूलाई लायन्स क्लव अफ सिद्धार्थनगर युथका तर्फबाट निरज बरालको संयोजकत्वमा पर्साको सुखचैनाका स्थानीय हावा हुरी प्रभावित ९६ घर परिवारलाई राहत स्वरुप त्रिपाल प्रदान गरिएको हो ।

सो राहत वितरण कार्यक्रमका संयोजक निरज बरालले प्रभावितहरूको घरदैलो मै पुगी त्रिपाल स्थान्तरण गर्नु भएको हो । लायन्स क्लव अफ सिद्धार्थनगर युथका संस्थापक अध्यक्ष अर्चित श्रेष्ठ, अध्यक्ष विनय कौसधन, असिम सैंजु, प्रशान्त मणि रामदाम, विवेक जैसवाल, रामेश्वर प्रजापति, सुनिल सेन्चुरी, अभिनव मयर कौशधनलगायत लायन्स क्लव अफ सिद्धार्थनगर युथका सदस्यहरू, क्लव युथका कोषाध्यक्ष लायन संदीपनाथ गंगोलले गर्नु भएको कोष संकलनबाट सो राहत सामग्री प्रदान गरिएको संयोजक निरज बरालले बताए ।

यसअघि संयोजक लायन निरज बरालले हावाहुरीबाट घाइते ११० जना विरामीहरूलाई वीरगंज स्थित नेशनल मेडिकल कलेज वीरगंजमा पुगेर चाउचाउ, जुस र विस्कुट पनि प्रदान गरेका थिए ।

 

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM