Wednesday, September 11, 2024
घरविचारधर्म संस्कृतिमहायज्ञमा दलितलाई रोक लगाइएकै हो त ? : प्रवक्ता साह

महायज्ञमा दलितलाई रोक लगाइएकै हो त ? : प्रवक्ता साह

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १६ चैत्र/
बाराको परवानीपुर गाउँपालिका–१ बुनियादमा आयोजित महायज्ञमा दलित भनिएको चमार जातीलाई पूजा गर्न निषेध गरिएको खबरहरू सार्वजनिक भएपछि हिन्दु परिषद नेपालको भगिनी संगठन हिन्दू परिषद नेपालले सो सम्बन्धमा चासो देखाएको छ ।

महायज्ञमा कथित तल्लो जातिलाई के साँच्चिकै पूजा गर्न रोक लगाइएकै हो वा हिन्दू समाजमा भाँडभैंलो मच्चाइ आफ्नो स्वार्थ पूर्ति गर्न तल्लिन विभिन्न समुहहरूले वास्तविकतालाई तोड मरोड गरेका हुन् ? भन्ने विषयमा सुक्ष्म र स्थलगत अनुसन्धान आवश्यक रहेको परिषदका केन्द्रिय प्रवक्ता उमेश साह कानुले विज्ञप्ति जारी गरि जनाएका छन् ।

हिन्दू समाज आफैंमा उदार र सहिष्णु संस्कार बोकेको र सो महायज्ञको उद्घाटनमा समेत गैर हिन्दू अर्थात मुस्लिम समुदायका अगुवा नेतालाई निम्त्याएर स्वागत गरिएको अवस्थामा हिन्दू धर्मकै दलित जातीलाई रोक लगाइएको चर्चा आफैंमा आश्चर्य लाग्दो विषय भएको केन्द्रिय प्रवक्ता कानुले बताए ।

केन्द्रिय प्रवक्ता उमेश साह कानुद्वारा हस्ताक्षरित विज्ञप्ति पाठकहरूकोलागि जस्ताको तस्तै,….

हिन्दू युवा परिषद नेपालको ध्यानाकर्षण

बाराको परवानीपुर गाउँपालिका-१ बुनियादमा बुधबार देखि आयोजित महायज्ञमा सहभागी हुन दलित जातीलाई रोक लगाइएको भन्ने समाचारप्रति हिन्दू युवा परिषद नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

महायज्ञमा यदि सांच्चिकै दलित भएकै कारण निषेध गरिएको छ भने निषेध गर्ने व्यक्ति वा पक्षलाई नै सो महायज्ञमा निषेध गर्नुपर्ने मान्यता हिन्दू युवा परिषदको छ तर यदि त्यसमा कुनै चलखेल वा महायज्ञ भाड़नबाट प्रेरित भई कसैले यस्तो प्रोेपगण्डा चलाएको छ भने त्यस्ता तत्वमाथि पनि निगरानी गर्नुपर्ने देखिन्छ ।

मुस्लिम समेतलाई सहभागी गराई धार्मिक सहिष्णुताको उदाहरण बनिरहेको सो महायज्ञमा दलितलाई पूजामा सहभागी गर्न नदिइएको कारणबारे विशेष र सुक्ष्म रूपमा छानबिनको आवश्यकता महसूश भएको छ ।

नेपाल संवैधानिक रूपले धर्म निरपेक्ष घोषणा गरिएको पछिल्लो समयमा हुने विभिन्न महायज्ञमा जातीगत दूरी बढ़ाई आफ्नो स्वार्थ पूर्ति गर्न तल्लीन केहि तत्वहरुले शृंखलावद्ध रूपमा दलित गैर दलितको कुरा उठाई एक आपसमा मिलेर बसेको समाजमा द्वन्द्व तथा वितृष्णा फैलाउने कार्य गरिरहेको विषय अत्यन्त आपत्तिजनक रहेको हिन्दू युवा परिषद नेपालको ठहर छ ।

हिन्दू युवा परिषदको मूल नारा नै सनातनी हिन्दुत्वलाई बलियो बनाउनु हो, दलित गैर दलित तथा जातीय भेदभाव को नारा लगाउने कार्य कुनै पनि पक्षबाट भएको हिन्दू युवा परिषदलाई सह्य नहुने जानकारी गराउंछौं ।

मन्दिर, यज्ञ, महायज्ञ, अनुष्ठान इत्यादिमा विधिपूर्वक पूजापाठ गर्ने अधिकार सबै सनातनीहरुलाई बराबर रहेको हुँदा आपसी सहकार्यमा सद्भावनाको सन्देश दिंदै पूजा आजा तथा महायज्ञ संचालन गर्न सबैमा अनुरोध गर्दछ ।

विभिन्न जातीको साझा फुलवारीको रूपमा रहेका सनातनी हिन्दुहरुलाई दलित/ग़ैरदलित, तथा जातिवादको नारामा विभाजित गर्ने छद्मभेषीहरूको बहकाउमा नलाग्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं ।

उमेश साह कानु
केन्द्रिय प्रवक्ता
हिन्दू युवा परिषद नेपाल
हिन्दू परिषद नेपाल ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -