२०८३ असार १८ गते, बिहीबार २०:३२

पूर्व बडामहारानी अस्वस्थः नर्भिकमा उपचार हुँदै

काठमाडौ-स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनु भएकी पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

गत सातादेखि  रुघा, खोकी लगायतका कारण अस्वस्थ ९१ बर्षीय पूर्व वडा महारानीलाई आज नर्भिक अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

पूर्व वडा महारानीलाई हाल पातलो दिशा हुने र पिसाब कम हुने समस्या पनि देखिएको हुँदा अस्पतालमा भर्ना गर्नुपरेको अस्पतालले बताएको छ ।

वडामहारानीको विस्तृत स्वस्थ्य जाँच सुरु भएको छ । उनलाई डा. खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराज पाण्डे, डा. मधु घिमिरे र डा. ब्रजेन्द्र श्रीबास्तवको प्रत्यक्ष रेख देखमा उपचार भइरहेको छ ।

चन्द्रसूर्य वाणी दैनिक परिवार पूर्व मुमाबडामहारानी सरकारको शीघ्रातीशीघ्र पूर्ण स्वास्थ्यलाभको कामाना गर्दछ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM