सिमरा : पथलैया बिरगञ्ज ब्यापारिक मार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको तराई यातायात ब्यवसायी संघ नजिकै बसको ठक्करबाट एउटा हरिणको मृत्यु भएको छ ।
बिहान करिब ९ः५५ बजे बाटो काटेर पारि जाँदै गरेको हरिणलाई तिब्र गतीमा रहेको बसले ठक्कर दिएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।
मृत हरिण गर्भवती रहेको र बसको ठक्करबाट पेट फुटेर बच्चा समेत मरेको स्थानिय भुवन थापाले जानकारी दिए ।
उता पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक कुमार रामले दुर्घटनाबारे बुझ्नका लागी कार्यालयको टोली त्यसतर्फ पठाईएको बताए ।
नारायणगढबाट बिरगंज आउदै गरेको मिनिबसको ठक्करबाट एक हरिणको मुत्यु भएको छ । नारायणघाटबाट वीरगंज आउँदै गर्दा बाराको पथलैया स्थित तौल (काटा) गर्ने स्थानमा पश्चिम तर्फबाट पूर्व तर्फ हरिणले बाटाे काट्ने क्रममा वीरगंज यातायात सेवा प्रा.लि.को ना.५ ख, ५१९ नम्बरको मिनिबसले ठक्कर दिंदा गर्भ रहेको हरिणको घटनास्थल मै मुत्यु भएको थियो ।
बसका चालक एवम् बस धनी श्याम सुन्दर थापाका अनुसार अचानक पश्चिमबाट एकाएक हरिण क्रस भयो, त्यसलाई बचाउदा अर्को पनि आईपुग्यो र बचाउदा बचाउदै पनि मुत्यु भएको बताए । चालकलाई अहिले आवश्यक अनुसन्धानको लागि प्रहरी चौकी पथलैया, बारामा राखिएको छ ।
पर्सा पोस्ट साप्ताहिक पत्रिका,पर्सा (बिरगंज )।
तस्वीर : भुवन थापाको फेसबुकबाट