नाङ्गा जोगीको विरोध र चर्च भित्रका यौन लिलाको मौनता

0

-दुर्गेश घले

हरेक बर्षको शिवरात्रीमा भारतीय नाङ्गा जोगीहरुको शिवरात्री मेला भर्न/पशुपतिनाथको दर्शन गर्न आगमन हुने गर्दछ । यहि मेसोमा नेपालमा धर्म परिबर्तन गराएर खान पल्केका पश्चिमा मिसिनरीहरुको झोले दलालका मतियारहरु क्यामेरा सोझाउँदै नाङ्गा जोगीको लिङ्गलाई फोकस गरि फोटो खिच्न तँछाड-मछाड हुन्छ । नाङ्गा जोगीको बिभिन्न आशनको फोटो सामाजिल सञ्जालदेखि लाटा-सिधा समाजमा प्रदर्शन गरि हिन्दु धर्म र हिन्दु सम्प्रदाय माथि बितृष्णा फैलाउने बिषबमन गर्ने हदै सम्मको प्रयास हुँदै गएको छ । तर धर्म परिबर्तन गराउने बेलामा यिनले किराँत र बौद्ध सम्प्रदायका मान्छेलाई गराउँछन जुन तथ्यले प्रमाणित गरिरहेको छ ।

नाङ्गा जोगीको आफ्नै बिश्वास छ त्यहि बिश्वासमा यिनले आफ्नो जीवन नाङ्गाको रुपमा व्यतित गर्दछन । नाङ्गा जोगी बन्नको लागि तिनीहरुले कठोर परिश्रम गरेका हुन्छन, थुप्रा परिक्षाको कठोर चरणहरु पार गरेका हुन्छन र थुप्रा परिक्षण सफल भएका हुन्छन र मात्रै यिनले आफ्नो गुरुबाट नाङ्गा जोगीको दिक्षा प्राप्त गरेका हुन्छन जुन कुरा यी झोले बुबुरालाई कसले पढाई देओस । फेरी कसैले सझाउने प्रयास गरे पनि यी झोलेको दिमागमा यस्ता धर्म सम्प्रदायका, नीतिका, रीतिथितीका ज्ञान कहाँ घुस्न सकोस ?

जे होस् बिगतका बर्ष जस्तै यो बर्ष पनि पशुपतिनाथ मन्दिरको परिषरमा नाङ्गा जोगीहरुको आगमन भैसकेको छ । कृश्चियन NGO/INGO का नुन दानापानी खाएका केहि लपस्ताराहरुले यो बर्ष देखि शिवरात्रिमा नाङ्गा जोगिहरुलाई आगमन बन्द गराउनु पर्छ भनेर झिनो आवाज उठाई सकेका छन । यिनको कामै हिन्दु धर्मको मर्ममा कसरि प्रहार गर्न सकिन्छ भन्ने बिषयमा अध्यन गर्नु हो र खुराफाती काइते निहुँ बनाउनु हो यसैमा फेरी तिनै पश्चिमा NGO/INGO को नुन खाएका पार्टी नेताहरुले लाहाछाप लाइदिनु हो । जे होस् जनताको चेतना जागी सकेको यी मिसिनारिको NGO/INGO का दानापानी खाएका झोले पार्टीहरुले आजको दिन सम्म आँट गर्न सकेका छैनन् तर पनि कंक्रिट बिच्छ्याएर पशुपतिनाथको महत्वलाई घटाउने दुस्प्रयास गरेकै छन ।

झोले र झोलेका मतियारहरुलाई हामी सानो सल्लाह दिन्छौं : निर्दोष नाङ्गा जोगीको फोटो खिचेर भ्रमको खेति गर्न भन्दा आफ्नै चर्चको पर्खाल भित्र बन्दि बनाइएका नानीहरु, तिनले पास्टरबाट भोगेका यौन शोषणहरु, बालबालिकामा भएका यौन शोषणहरु, होलि सुईको नाममा अर्काकी स्वास्नी माथि भएका यौन गमनहरुको बारेमा प्रकाश पार्ने प्रयास गर त्यसले भोलि तिम्रै श्रीमती छोरी-बुहारीको जीवन रक्षा गर्नेछ ।

अन्त्यमा आउंदै गरेको शिवरात्रिको उपलक्षमा यहाँहरु सबैमा अग्रिम शुभकामना !!!

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्