बीरगंज १८ गते फाल्गुण ।
ज्ञानोदय बाल सेकेण्ड्री स्कुल मुर्लीले आज अफनो स्कुलको प्रांगनमा सांस्कृतिक तथा पुरस्कार बितरण कार्यक्रमको आयोजना गरयो ।
सो सांस्कृतिक तथा पुरस्कार बितरण कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मदले पानसमा दिप प्रज्जवलित गरी सांस्कृतिक तथा पुरस्कार बितरण कार्यक्रमको समुदघाटन गर्नु भएको थियो ।
भने कार्यक्रमको बिशिष्ठ अतिथीमा बीरगंज महानगरपालिका वडा न. १२ का वडाध्यक्ष राम दरश प्रसाद कुशवहा, वडा सदस्य रमेश साह कानु, सुराती देवी, समाजसेवी किसोर मेहता, बिधलयका शुभ चिन्तक सायद मंसुर, सलाउदिन अंसारी, एन.प्याब्सन प्रदेश नं.२ का सचिव नन्दन यादब, रिपोर्टस क्लब नेपाल मधेश क्षेत्रीय संयोजक कन्हैया गुप्ता लगायत रहनु भएको थियो ।
उक्त सांस्कृतिक तथा पुरस्कार बितरण कार्यक्रममा सोे स्कुलमा अध्यनरत बालबालिकाहरुले परीक्षा तथा अतिरीक्त क्रियाकलापमा उत्कृष्ट अंक ल्याउने बालबालिकाहरुलाई कार्यक्रमका प्रमुख अतिथी, बिशिष्ठ अतिथी, समाजसेवी लगायतका महानुभावहरुले मेडल तथा प्रमाण पत्रबाट कार्यक्रममा सम्मनित गर्नु भएको थियो ।
त्यसै गरी उक्त विद्यालयका प्रिन्सिपल राजेश लिम्बु र शिक्षक उतम गुप्ताले हालैै निर्वाचनमा निर्र्वाचित पदाधिकारी, बिधालयका शिक्षक, शिक्षिका र बिधलयका शुभ चिन्तकहरुलाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सो कार्यक्रममा सम्मानित गर्नु भयो ।
सांस्कृतिक तथा पुरस्कार बितरण कार्यक्रमको सभापति स्कुलका प्रिन्सिपल राजेश लिम्बुको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । भने कार्यक्रम संचालन उज्वल पौेडेल र स्वागत भाषण शिक्षक उत्तम गुप्ताले गर्नु भएको थियो ।