Tuesday, May 28, 2024
घरसमाचारईसाई बन्न नमान्दा "वेश्या" भनियो: रवीना वादी

ईसाई बन्न नमान्दा “वेश्या” भनियो: रवीना वादी

काठमाडौँ । रविना बादीले नवीन नामको एक जना ईसाई पाष्टरले आफूलाई वेश्या लगायतका असभ्य शब्द प्रयोग गरेको बताएकी छिन् ।

फेसबुकमा भाईरल भईरहेको एउटा भीडियोमा उनी भन्छिन्, ‘नवीन नामको एक जना ईसाई हुनुहुँदो रहेछ, वहाँले भन्नुभयो, तपाईँ धर्म फेर्नुुस् । पैसासैसा केही लाग्दैन अनि तपाईँको बच्चा च्वाट्टै निको हुन्छ । ग्यारेण्टी दिन्छौँ ।’

उनले भनिन्, ‘यदि धर्म फेरेर निको हुने भए किन यत्तिका अस्पताल खोलिदैछन् ? रवि लामिछाने दाइले त्यत्रो पैसा खर्च गरेर रास्कोट अस्पताल किन बनाउनु पर्यो ? चर्च बनाए भईगयो नि ।’

‘क्यान्सरदेखि लिएर अपाङ्ग पीडितहरू त्यही चर्चमा बस्छन् । किन नेपाली दाजुभाइ दिदी बहिनीको पैसा खर्च गर्नुर्यो ?’ उनले भनिन् ।

रविन श्रेष्ठ नामको त्यस पाष्टरले आफूलाई धर्म परिवर्तन गर्न निकै कर गरेको उनले बताईन् । उनले भनिन्, ‘एक चोटी त मलाई करैकर गर्नुभयो । त्यसपछाडि, मैले उहाँलाई ब्लक गरेँ । ब्लक गरिसकेपछि मेरो कमेन्टमा गएर यो रबिना त खत्तम रैछ, वेश्या भनेर लेखिदिनुभयो ।’
उनी प्रश्न गर्छिन्, ‘ईसाई बनिन भन्दैमा मलाई त्यस्तो अपशब्द लेख्न मिल्छ ?’

उनी फेरि प्रश्न गर्छिन्, ‘धर्म परिवर्तन गरेर मेरो बच्चा निको हुने भईदिएको भए अस्पताल किन बनाउनुपथ्र्याे ? कृष्ण वली दाजु चर्चमा गएर दुईटा खुट्टा फर्किन्छ त ?’

उनले भनिन्, ‘हामी जन्मिदा हिन्दू थियौँ । मर्दा पनि हिन्दू नै रहने हो ।’

रबिना वादीको छोरा ब्लड क्यान्सरबाट पीडित छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -