Wednesday, March 19, 2025
घरसमाचारराष्ट्रिय प्रजातन्त्र दिवस र पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी शाहको जन्मदिनमा विविध कार्यक्रम

राष्ट्रिय प्रजातन्त्र दिवस र पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी शाहको जन्मदिनमा विविध कार्यक्रम

प्रवेश मिश्र/
रौतहट, ०७ फागुन/
६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस र पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको ६९ औं शुभ जन्मोत्सवको अवसरमा देशभरीका राष्ट्रवादी एवं स्वतन्त्र नागरिकहरूले विविध कार्यक्रम गरी मनाएका छन् ।

सोही क्रममा रौतहटको गौरमा राष्ट्रवादी अशोक सिंहको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र दिवस एवं पूर्व बडा महारानी कोमल राज्य लक्ष्मी देवी शाहको जन्मोत्सवमा विविध कार्यक्रम गरिएको छ ।

त्यसैगरी देशभक्त राजभक्त समुह पर्साले राष्ट्रिय नागरिक संघर्ष समिति तथा राष्ट्रवादी शान्ति समुहले संयुक्त रुपमा पर्साको वीरगंजमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस एवं पूर्व बडामहारानीको जन्मोत्सव मनाएका छन् ।

राष्ट्रिय नागरिक संघर्ष समितिका बारा पर्सा संयोजक अब्दुल सतार अंसारी, राजभक्त देशभक्त समुहका अध्यक्ष पशुपति रौनियार, विगा राउत गद्दी, दीपेन्द्र रौनियार, श्रीमति अनु राणा, जनक लाल, भुषण दास तत्वा, महिन्द्र साह, साहित्यकार मोतिउ रहमान अंसारी लगायतको उपस्थितिमा भएको सो कार्यक्रममा अब्दुल सत्तार अंसारीले प्रजातन्त्र दिवसको महत्वबारे प्रकाश पार्दै पूर्व बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाहको ६९ औं शुभ जन्मोत्सवको अवसरमा सु–स्वास्थ्य, दिर्घायु र अटल सौभाग्यको शुभकामना दिनु भएको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -