२०८३ असार १८ गते, बिहीबार २०:३१

शिक्षा नै प्रमुख प्राथमिकता -महासचिव पटेल

मिति २०७५/१०/२७ गते परोहा नगरपालिका वडा नं ७ नरकटिया मा सरस्वती पूजा को उप्लक्षमा नव युवा सरसवती पुजा समिति द्वारा कार्यक्रम आयोजित गरिएको थियो । सो कार्यक्रम को प्रमुख अतिथि राष्ट्रिय बिद्यार्थी संघ को केन्द्रिय महासचिव तथा राजपा नेपाल का युवा नेता ओम लोक पटेल , विशिष्ट अतिथि राजपा नेपाल रौतहट को जिल्ला सचिव मो.कलाम,अतिथिहरु कमरेज आलम,प्रमोद पटेल,बिशेस्वर पटेल लगायतका थियो ।कार्यक्रम को उध्घोसन युवा नेता बिक्रान्त यादव ले गरेका थिए ।

सो कार्यक्रम को उद्घाटन युवा नेता ओम लोक पटेल ले गर्नु भएको थियो ।।कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि पटेल ले यो गाउँ को समग्र बिकास को निम्ति शिक्षा लाई अग्रिम प्राथमिकतामा राखी अगाडि बढने आफ्नो योजना रहेको बताउनु भयो।देशमै सबैभन्दा पछाडि परेको रौतहट जिल्ला ,त्यसमा पनि रौतहट मा सबैभन्दा पछाडि परेको यो मेरो जन्म स्थान नरकटिया लाई शिक्षा मा अगाडि बढाउन कुनै कसर बाकी नछाड्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM