काठमाडौं / तनहुँको भानु नगरपालिकामा एक ब्यक्तिको आफ्नै दिदीले हत्या गरी इनारमा लास लुकाएको भेटिएको छ। भानु नगरपालिका–९ काउरेटारका ३२ वर्षीय राजु बिकको उनकै दिदी मनकुमारी बिकसमेत तीन जनाले हत्या गरी इनारमा फालेका हुन्। उनीहरुले गत मंसिर १२ गते राति राजुलाई कुटपिट गरी नाम्लोले घाटीमा कसेर हत्या गरेका थिए। त्यसपछि स्थानीय रामप्रसाद हड्खलेको बारीमा सिंञ्चाईको लागि खनेको इनारमा खसालेर माथिबाट ढक्कन लगाइदिएका थिए। उनको शव सडेगलेको अवस्थामा सोमबार भेटिएको हो। प्रहरीले हत्यामा संलग्न निजको दिदी मनकुमारी बिक, लमजुङ दोर्दी गाउँपालिका–३ लामागाउँ स्थायी घर भएका २४ वर्षीय आयुष बिक र लमजुङ दुधपोखरी गाउँपालिका–२ का ३५ वर्षीय मनमाया बिकलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुनको मूल्यमा भारी वृद्धि
काठमाडौं। नेपाली सुनचाँदी बजारमा बिहीबार बहुमूल्य धातु सुन र चाँदी















