२०८३ असार १८ गते, बिहीबार २०:३०

मालपोत कार्यालयका सूचना अधिकारीलाई कालोमोसो

सुर्खेत / जिल्ला मालपोत कार्यालयका सूचना अधिकारी नरबहादुर घर्तीलाई मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का कार्यकर्ताले कालोमोसो दलेका छन् ।

सेवाग्राहीलाई अनावश्यक दुःख दिएको आरोपमा आज कार्यकक्षमै पुगेका क्रान्तिकारी माओवादीका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।

क्रान्तिकारी युवा लिग र अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले संयुक्तरूपमा कालोमोसो दलेको युवा लिगका हिमाल शाहीले पुष्टि गरे।

मालपोत कार्यालयका प्रमुख लक्ष्मी खत्रीले सेवाग्राहीको काम गरिरहेका बखत कर्मचारीमाथि दुव्र्यवहार गरिनु कानूनी शासनको उपहास भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM