Sunday, July 21, 2024
घरसमाचारतुरहा कल्याण समितिको वडा समिति गठन

तुरहा कल्याण समितिको वडा समिति गठन

अजय साह/
वीरगंज, १२ माघ ।
तुरहा कल्याण समितिको एक भेलाले ११ सदस्यीय वडा समिति गठन गरेको छ ।
वीरगंज-१७ अलौंमा शनिवार सम्पन्न भेलाले सुरेन्द्र कुमार साहको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा सकलदेव साह तुरहालाई चयन गरिएको छ भने छठु साह तुरहालाई उपाध्यक्षमा चयन गरिएको छ । त्यस्तै जगदीश साह तुरहा कोषाध्यक्षमा चयन भएका छन् भने सचिवमा जीवन साह तुरहा तथ सह सचिवमा नागिन्द्र साह तुरहालाई चयन गरिएको छ ।
सो वडासमितिको नव गठित समितिका सदस्यहरुमा भने शम्भु साह तुरहा, लक्ष्मी साह तुरहा, पासपती देवी, तेतरी देवी, सुनरपती देवीलाई चयन गरिएको छ ।

तुरहा कल्याण समितिका केन्द्रिय अध्यक्ष विपिन साह तुरहा तथा उपाध्यक्ष पुनदेव साह तुरहा, कोषाध्यक्ष उमेश साह तुरहा, महासचिव हरिचनद्र प्रसाद तुरहा, सचिव उमेश प्रसाद साह सदस्य सुरेश साह तुरहा, दीपेन्द्र साह, राजदेव साह तुरहा, भोला साह तुरहा, सल्लाहाकार कृपाशंकर साह तुरहा, जयप्रकाश साह तुरहा, राजु साह तुरहा र संरक्षक प्रमेश्‍वर प्रसाद तुरहा तथा अलौंका तुरहा जातीका भद्रभलाद्मी र स्थानीयहरुको उपस्थितिमा सम्पन्न भेलाले उक्त समिति गठन गरिएको हो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -