२०८२ माघ १४ गते, बुधबार ०६:१३

राष्ट्रवादीहरूले छुट्टाछुट्टै मनाए पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस

राकेश चौरसिया/
वीरगंज, २७ पौष/राष्ट्र निर्माता पृथ्वी नारायण शाहको २९७ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा विभिन्न राष्ट्रवादी समुहहरूले विभिन्न समुहमा विभक्त भई धुमधामका साथ वीरगंजमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् ।

पृथ्वी जयन्ती र राष्ट्रियको अवसरमा नेपाल विद्वत परिषद मध्यमाञ्चल समितिले केही मान्छेहरू जम्मा गरी पृथ्वी नारायण शाहको पूर्ण कदको तस्वीरका साथ जयजयकार गर्दै नगर परिक्रममा गरी मनाएका छन् ।

त्यसैगरी नेपाल राष्ट्रवाद संघ केन्द्रिय कार्यालय पर्साले भने शिव सेना नेपालसंग सहकार्य गरी राष्ट्रिय एकता दिवस मनाए भने राष्ट्रिय नागरिक संघर्ष समितिले भने करिब आधा दर्जन राष्ट्रवादी संघ संगठनसँग सहकार्य गरी संयुक्त रुपमा पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाएर एकताको शुत्र प्रवाह गरेका छन् ।

राष्ट्रिय नागरिक संघर्ष समितिको अगुवाईमा राजतन्त्र पुनस्र्थापना संघर्ष समिति, शिव सेना नेपाल, विश्व हिन्दु महासंघ, नेपाल जनता पार्टी, मुस्कान सेना नेपाल, राष्ट्रवादी शान्ति समुह, राष्ट्रिय मुस्लिम नागरिक संघर्ष समिति, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको संघसंगठनहरू सम्मिलित राष्ट्रवादीहरूले राष्ट्रिय एकता दिवस एक साथ मनाएर एकताको सन्देश दिएका छन् ।

नेपाल विद्यार्थी संघका संस्थापक एवं वरिष्ठ अधिवक्ता देवेन्द्र लाल नेपालीको प्रमुख आतिथ्य एवं राष्ट्रिय नागरिक संघर्ष समितिका हिरा चन्दको विशिष्ट अतिथ्यमा आयोजित सभामा मानव सेवक, राष्ट्रिय नागरिक संघर्ष समितिका बारा पर्सा संयोजक अब्दुल सतार अंसारी, अणु राणा, वीरेन्द्र थापा, महेन्द्र साह, पशुपति विक्रम शाह, विगा मुखिया, सुरेश यादव, विगा मुखिया, भुसन तत्वा, शत्रुघ्न साह, सतीस श्रीवास्तव, अरुण विक्रम शाहलगायतले पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गरेका थिए । सो कार्यक्रम पशुपति विक्रम साहको सभापतित्वमा भएको थियो ।

यता नेपाल राष्ट्रवाद संघले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको २९७ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा वीरगंजको श्रीपुर स्थित संघको कार्यालयबाट बाजा गाजा एवं झाकी सहित निकालेको विशाल ¥याली नगर परिक्रमा गर्दै घण्टा घर, माइस्थान, आदर्शनगर चोक, मकालु चोक, कैलाश चोक, घडिअर्वा हुँदै पुनः सोही स्थानमा गई कोणसभामा परिणत भएको थियो ।

सो क्रममा संघका केन्द्रिय अध्यक्ष जनकलाल साह, विश्व हिन्दू महासंघका केन्द्रिय सदस्य पृथ्वी झा, नेपाल राष्ट्रवाद संघका जिल्ला अध्यक्ष संगीता देवी साह, उपाध्यक्ष उमाशंकर प्रसाद कलवार, राजेन्द्र पाल, सचिव सन्तोष गुप्ता लगायत हजारौंको सहभागिता रहेको थियो ।

विभिन्न राष्ट्रवादी संघ संस्था एवं समुहले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस छुट्टा छुट्टै मनाउँदा आज दिनभर वीरगंज क्षेत्र राष्ट्रिय झण्डामय एवं पृथ्वी नारायण शाहको जयजयकारले गुञ्जयमान भएको थियो । कार्यक्रमका वक्ताहरूले पृथ्वीनारायण शाहले नेपालको एकिकरणमा खेलेको भुमिकाको बारेमा चर्चा गरेका थिए । साथै वक्ताहरुले राष्ट्रिय एकता दिवस मनाउन सरकारले सार्वजनिक विदा कटौति गरेकोमा आक्रोश समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल एकीकरणका अभियन्ता शाहको तस्विरमा माल्यार्पण गर्दै उहाको योगदानको चर्चा गरिएको थियो ।
यसैगरी एकता दिवसको अवसरमा देशभक्त राज भक्त समितिले आज वीरगंजमा फलफुल वितरण गरेको छ । पृथ्वी जयन्तिको अवसरमा महावीर मन्दिर परिसरमा रहेका साधुसन्तहरुलाई फलफुल वितरण गरिएको समितीका अध्यक्ष पशुपति रौनियारले बताउनुभयो ।

यसैगरी संयुक्त राष्ट्रवादी मोर्चा बाराले पृथ्वीनारायण शाहको २९७ औं जन्म जयन्तीको अवसरमा कलैयामा जुलुस सहितका झाँकी प्रदर्शन गरेका छन् । मोर्चा बाराका अध्यक्ष असर्फीलाल साहको नेतृत्वमा निस्केको जुलुसले परिक्रमागरी भरत चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d rajamania beb88 sritoto
zeonslot m77 slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM