Saturday, July 27, 2024
घरसमाचारमहानगरका कर्मचारीहरू आन्दोलित ! झाडु कुचो लिएर सफाईमा निस्किए डा. भुसाल

महानगरका कर्मचारीहरू आन्दोलित ! झाडु कुचो लिएर सफाईमा निस्किए डा. भुसाल

चन्द्रसूर्य समाचारदाता
वीरगंज, २३ पुस । महानगर वीरगंजका कर्मचारीहरू आन्दोलित पछि दुर्गन्धित भएको नगर क्षेत्रको सफाईमा सो कार्यालयका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्म कुमार भुसाल झाडु कुचो लिएर आफैं सडक र नाला सफा गर्न निस्किएका छन् ।

कर्मचारी आन्दोलनका कारण वीरगंज महानगर क्षेत्र दुर्गन्धित भएर महामारीको समस्या निम्तिन सक्ने देखेर विभिन्न सामाजिक संघसंस्थाहरूसँग सहकार्य गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत डा. भुसाल आफू स्यंम सरसफाईमा निस्किए भन्दै अनिल तिवारीले पठाउनु भएको समाचार जस्ताको तस्तै…..

“सोमबार विहान वीरगंजको महानगरपालिकाका कार्यकारी प्रमुख नै झाडु लिएर सडक बढार्न थालेपछि कतिपय महानगरवासी आश्चर्य चकित भएका थिए । बिहानै हातमा झाडु र मुखमा मास्क लगाएर कार्यकारी प्रमुख डा. भिष्मकुमार भुसाल सडकमा ओर्लिएपछि मर्निङ वाकमा निस्केका सर्वसाधारण देखि लिएर स्थानिय संचारकर्मी समेत तीन छक्क परेका हुन ।

कर्मचारी आन्दोलनका कारण सडकमा जथाभावी फोहोर थुप्रिएपछि महानगरको सरसफाइमा प्रमुख प्रशासकिय अधिकृत डा. भिष्मकुमार भुसालले विभिन्न समाजिक संघसस्थाहरुसंग सहकार्य गर्दै सोमबार विहान देखि आफै सरसफाइ अभियान चलाएको बताए ।

नगरको सरसफाइ बन्द भएपछि सडकमा फैलिएको दुर्गन्धलाई व्यवस्थित गर्न सोमबार बिहान देखि सरसफाइलाई अभियान सुरु गरिएको बताउँदै कार्यकारी प्रमुख डा. भिष्मकुमार भुसालले समाजिक अभियन्ता तथा प्रहरीको सहयोगमा सरसफाइ आन्दोलनसम्म निरन्तता दिइने बताउनु भयो ।

सडकमा जताततै फोहोर थुप्रिएपछि समाजिक अभियन्ता, प्रहरी र सर्वसाधारणको सहयोगमा फोहरलाई आफैैं उठाउन अभियान आज देखि कार्यकारी अधिकृत भूसालको पहलमा सुरु गरिएको हो । व्यवस्थित वीरगंज अभियानका अभियन्ता, प्रहरी र सर्वसाधारणले वीरगंजको मुर्ली देखि बिर्तासम्मको फोहोर उठाएका हुन् । उनीहरुले बिहान सरसफाइ कर्मचारीहरुले जसरी नै सडकमा थुपारिएको फोहोर उठाएर ट्याक्टरमा हालेर गन्तव्यमा पु¥याएका हुन् । फोहोर संकलनका लागि भाडाको ट्याक्टर प्रयोग गरिएको थियो ।

सरसफाइ कर्मचारीहरुले समेत काम ठप्प पारेपछि महानगरपालिका दुर्गन्धित बन्दै गएपछि समुदाय–प्रहरी साझेदारी मार्फत व्यवस्थित वीरगंज अभियानका अभियन्ता, ग्रिनसिटी सामुदायिक लगायतको सक्रियतामा नगरको सरसफाइ गरिएको हो ।

घण्टाघरदेखि मुर्लीचोकसम्म एक टोली र घण्टाघरदेखि दक्षिणतर्फ अर्को टोली गरी दुई टोली बनाएर सरसफाइ गरिएको थियो । दिउँसो विभिन्न वडाहरुमा जननिर्वाचित प्रतिनिधिहरुले पनि यो अभियानलाई निरन्तरता दिइएको डा. भुसालले बताउनु भयो ।

बिहान ६ बजेदेखि नै सफाइको काम शुरु गरेका उनीहरुले ९ बजेपछिसम्म पनि सरसफाइ गरेका थिए । मुख्य सडकबाट मात्रै ५ ट्याक्टर फोहोर संकलन गरेको थियो । कार्यकारी अधिकृत भुसाल र समाजिक अभियन्ताहरुले फोहोर संकलन गर्न थालेपछि स्थानीय बासिन्दाले पनि सघाएका थिए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -