दोहोरो नागरिकता लिने महिला पक्राउ

0

सुनसरी / झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिने एक महिला पक्राउ परेकी छन्।

प्रहरीका अनुसार मोरङकाे विराटनगर महानगरपालिका-६ निवासी ५३ वर्षीया सुशीला दाहाललाई उक्त अभियोगमा मोरङ प्रहरीले पक्राउ गरी कारबाहीका लागि सुनसरी पठाएकाे हाे।

पुस १२ गते विराटनगरबाट पक्राउ परेकी उनलाई अनुसन्धानका लागि सुनसरी ल्याइएकाे सुनसरी जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बुधबार जानकारी दिए।

दाहालले २०४४ चैत १५ मा मोरङ जिल्ला प्रशासन कार्यालयबाट तीर्थराज खतिवडालाई बाबु बनाई नागरिकता लिएको र फेरि बाबुराम दाहाललाई बाबु बनाई सुनसरी जिल्ला प्रशासनबाट २०४६ जेठ १६ गते अर्को नागरिकता लिएको पाइएकाले पक्राउ गरिएकाे प्रहरीले जनाएको छ।

जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक फुँयालले जानकारी दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्