लालपर्सामा राष्ट्रिय नागरिक संघर्ष समितिको १७ सदस्यीय समिति गठन

0

वीरगंज, १५ पुस ।
राजसंस्था पुनर्स्थापनाको लागि विगत लामो समयदेखि संघर्ष गर्दै आएको राष्ट्रिय नागरिक संघर्ष समितिले संगठन विस्तारको कार्यक्रमलाई तीव्रता दिएको छ ।

यसै क्रममा एक कार्यक्रमका बीच पर्साको लालपर्सामा राष्ट्रिय नागरिक संघर्ष समितिको गाउँस्तरीय समिति विस्तार भएको छ ।

पर्साको लालपर्सा वडा नं. १ स्थित धर्मशालाको प्राङ्गनमा राष्ट्रिय नागरिक संघर्ष समिति पर्साका संयोजक तथा राष्ट्रवादी शान्ति समूह पर्सा बाराका संस्थापक अध्यक्ष अब्दुल सतार अंसारीको विशेष उपस्थितिमा ध्रुप महतोको अध्यक्षतामा सत्र सदस्यीय इकाई समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षको जिम्मेवारी वीर वहादुर साह र राजा मण्डललाई सर्व सम्मतिले दिइएको छ भने सुनिल पटेललाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।

त्यस्तै सचिव र सह सचिवमा भरत प्रसाद गुप्ता र राजेन्द्र साह कलवार रहनु भएको छ भने सदस्यहरूमा लक्ष्मी साह कलवार, असर्फी साह कलवार, पुनम देवी कलवार, चन्दा देवी, मुमताज अंसारी, भरत प्रसाद गुप्ता, आशानुल्लाह, जिउत महतो र धनसुनर महतो रहनु भएको छ ।

देशमा संघीय धर्म निरपेक्ष गणतान्त्रिक व्यवस्था लागु भए यता देशको अस्तित्व संकटमा परेको, वैदेशिक हस्तक्षेप बढ्दै गएको, नागरिक सुरक्षाको प्रत्याभूति हुन नसकेको, ईशाईकरणको खतरा बढ्दै गएको समयमा देशको अस्तित्व रक्षा राजसंस्थाको पुनर्वाहालीमा मात्र संभव रहेको हुँदा त्यसको पुनस्र्थापनाको लागि राष्ट्रिय नागरिक संघर्ष समितिले जिल्ला जिल्ला र गाउँ गाउँमा समिति विस्तार गर्ने कार्यलाई तीव्रता दिइएको केन्द्रिय अध्यक्ष सतार अंसारीले बताउनुभयो ।

सो कार्यक्रममा विगा राउत गदी, कविसुरहमान अंसारी, अनु राणा, राम अयोध्या प्रसाद पटेल, भुसन दास तत्वा लगायत स्थानीय भद्रभलादमी र बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्