हिन्दूवादी नेता काशी तिवारीको हत्या आरोप लागेका कुशवाहालाई सर्वोच्चद्वारा सफाइ

0

काठमाण्डौ, १३ पौष ।

हिन्दू युवासंघ नेपालका तात्कालिन अध्यक्ष एवं कट्टर हिन्दूवादी नेता काशी तिवारी हत्याकाण्डमा जन्मकैद सजायको फैसला सुनाइएका रौतहट कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई सर्वोच्च अदालतले सफाई दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारदा घिमिरे र डम्बर शाहीको संयुक्त इजलासले सो निर्णय गरेको हो ।

यसअघि कुशवाहलाई उच्च अदालत, जनकपुरको वीरगञ्ज इजालासले जिल्ला अदालत बाराले दिएको सफाइ उल्टाउँदै २० वर्ष कैदको सजाय सुनाएको थियो ।

त्यसलगत्तै उनलाई सिआइबीको टोलीले गत बैशाखमा पक्राउ गरेको थियो । मेयर कुशवाह माओवादीबाट निर्वाचित मेयर हुन् । अदालतको फैसलासँगै उनी  छुट्ने प्रक्रियामा रहेको बताइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्