सरकारको निर्णय ३०० वटा विद्युतीय बस किन्ने

0

१२ पुस, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चलाउन ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

‘नेपाल सरकारले आफ्नै लगानीमा कम्तीमा ३०० वटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने नीति लिएको छ’ मन्त्रिपरिषदको निर्णय सुनाउँदै उनले भने ।

काठमाडौंमा हुने ट्राफिक जाम र प्रदुषणको समस्या समाधान गर्न सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न यो नीति लिएको मन्त्री बास्कोटाको भनाइ छ । त्यस्तै भौतिक पूवार्धार तथा यातायात व्यवस्था मन्त्रालयले सार्वजनिक यातायात सम्बन्धी अवधारणापत्र स्वीकृत गरेको उनले जानकारी दिए ।

हालैमात्र एशियाली विकास बैंक (एडीबी) को सहयोगमा काठमाडौंमा दुईवटा विद्युतीय बस ल्याइएको थियो । तर चार्जिङ स्टेशनको अभावमा ती बसहरु ग्यारेजमा थन्किएका छन् । लुम्बिनीमा सञ्चालनका लागि ल्याइएका ती बस काठमाडौंमा साझा यातायातले सञ्चालन गरेको थियो । जसकाे सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले चढेर गरेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्