Tuesday, October 15, 2024
घरविचारसाताको कुरो: राजतन्त्र !

साताको कुरो: राजतन्त्र !

-भोजराज बराल

राजा ज्ञानेन्द्र ले नाच्दा खेरि प्रचण्ड का खुट्टा लर्बरिन्छन्, देउवा को सातै जान्छ, ओलीको बोली नै हड्बडाउछ! उनले केहि बोले भने यी तिनै जना देखि भट्टराइ समेतको होश गुम्न थाल्छ र गैर प्रजातान्त्रिक अभिव्यक्ति दिन शुरु गर्छन्, मानौं यिनी हरु राजा हुन् र ज्ञानेन्द्र चाहिं उहिले पंचायत कालका अराष्ट्रिय तत्व झैं! यी सबै नेतालाई स्पष्ट थाहा छ कि राजतन्त्र र हिन्दू राज्य पूर्ण रुपमा त्यागेर यिनैलाई नयाँ राजा बनाउन का लागि जनताले साथ दिएका अवश्य होइनन् त्यसैले यी कुनै नेतामा पनि राजतन्त्र र हिन्दू राज्यको लागि जनमतसंग्रह गरौँ भन्न सक्ने औकात छैन!

जब सम्म जनमतसंग्रह हुँदैन वा जनताले ठूलै आन्दोलन गर्दैनन् वा विदेशी तत्व ले चाहंदैनन तब सम्म ज्ञानेन्द्र ले जति नाचे पनि, जुन सुकै मन्दिर दर्शन गरे पनि वा जनता विच उनी जति सुकै लोकप्रिय बने पनि राजतन्त्र चाहिं फर्कन सक्तैन! यी तिनै कुरा निकट भविष्यमा नेपालमा सम्भव नभएकोले राजतन्त्र फर्कने सम्भावना छैन नै भन्दा हुन्छ! फेरी ज्ञानेन्द्र को लोकप्रियतामा वाधक बनेर उनका छोरा उभिएका छन्, त्यसको अतिरिक्त उनि आफै दुइ दुइ पटक राजा भैसकेका मान्छे हुन्!

राजा महेन्द्र ले रुम्जाटारे हो कि कता पट्टि कि गुरुङसेनी “राखेका” थिए भन्ने सुनेको हो, उनि पट्टि का सन्तान छन् भन्ने हल्ला सानो हुँदा सुने जस्तो लाग्थ्यो! मैले नबुझेको एउटा कुरा चाहिं यी आदिवासी, जनजाती आदि नामका संघ संस्था हरु ले नौटंकी काम कुरो गर्छन तर कहिल्यै पनि उनका ति गुरुङसेनी पट्टिका सन्तान लाइ राजा बनाउँ वा राज परिवार भित्र वैधानिकता दिन पर्यो भनेर आवाज उठाएको देख्दिनँ म! बरु त्यता पट्टिका सन्तान शिष्ट, सभ्य, शिक्षित र राजा हुन लायकका छन् भने सम्बन्धित समूहले यसो कुरा त चलाउँदा हुन्थ्यो नि, हुन त आदिवासि जनजाति सबै नेपालको काल खण्डमा बाइसे चौविसे राजा भएर पनि देश लाइ लछारपाटो लगाएका त होइनन् तर आजको दिनमा एउटा जनजाती को झड्केलो छोरा वा छोरी नेपालको “संवैधानिक” राजा हुन्छ भने बेलायत र युरोपमा महिला लाइ राजा मान्दै आएका म जस्ता कैयौं ले समर्थन गर्ने थिए कि, भलै राजतन्त्र नफ़र्किऎ पनि! तपाईं को विचार, दिन शुभ होस्, सप्ताहन्त पनि शुभ होस् !

लेखकको फेसबुक वालबाट साभार

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -