२०८३ जेष्ठ ८ गते, शुक्रबार ०२:५५

राष्ट्रिय स्वाधिनता मास्न धर्म निरपेक्षता लादिएको प्रष्ट

-विष्णु प्रसाई

युनिफिकेसन चर्चको मातहतमा चल्ने युनिभर्सल पिस फेडेरेसन (युपिएफ) ले पैसा बाँड्ने, विदेश घुमाउने, पुरस्कार दिने, शान्तिदूत भन्दै गाईको रगत, खुवाउने, होलीवाइनको नाममा इसाइको विर्य खुवाउने काम भयो । राष्ट्रपति विद्यादेवी भण्डारीलगायत ५ हजार भन्दा धेरैलाई शान्तिदूत भन्दै यो चर्चले सम्मान गरिसकेको छ । यो मिशनरीले विभिन्न दलका विभिन्न नेता, पत्रकार, कथित वुद्धिजीवी, नागरिक अभियन्ता, महिला अभियन्ता, जनजाति, दलित अभियान्ताका नाममा सयकडौंलाई विदेश घुमाएर पैसा बाडेको तथा दक्षिण कोरियामा वेरोजगार युवायुवतीलाई लगेर भिख माग्न लगाएका घटनाहरुसमेत सार्वजनिक भएका छन् ।


यो युनिफिकेसन चर्चले अघिल्लो संविधानसभाको निर्वाचनमा परिवार दलका अध्यक्ष तथा सो चर्चका नेपाल प्रतिनिधि एकनाथ ढकाललाई चुनाव प्रचारप्रसार गर्न दुई वटा हेलिकोप्टर व्यवस्था गरिदिएको थियो । शान्ति दूतका नाममा मुनले कसकसलाई फोहोर खुवाइन् त्यसको समयले लोखाजोखा गर्नेछ । यो देशद्रोही, धर्म मारा काममा किन लागे तिनीहरु ?
अहिलेसम्म युरोप, अमेरिका, कोरिया २४ पटक सम्म पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल घुमेका छन् । उनकै माध्यमबाट प्रचण्ड र ओलीसँग एकनाथ ढकाल नजिक भए । ढकालमार्फत यिनीहरुलाई युनिफिकेसन चर्चले लगानी गरेर कार्यकर्ता वनायो । स्मरण रहोस् नेपाल अधिराज्यका प्रधानमन्त्री भन्ने केपी ओलीको पत्रले म्यानमारकी विवादास्पद नेतृ आङसाङ सुचीदेखि कम्वोडियाका प्रधानमन्त्री हुन सेनसम्मलाई चर्चको कार्यक्रममा नेपालमा बोलाइयो । यहाँसम्मकी प्रधामनमन्त्री ओलीका विवादस्पद सल्लाहकार राजन भटट्राईलाई समेत चर्चका प्रतिनिधि एकनाथ ढकालले निम्तो गर्न लिएर गए । यो चर्चको नक्सालमा रहेको युपीएफको कार्यालय भुमिगत रुपमा छल्छ । जहाँ कुनै वोर्ड समेत छैन । यहाँ पत्रकारहरुलाई प्रवेश निषेध छ । युनिभर्सल पिस फेडेरेसनको भूमिगत कार्यालयमा युनिफिकेसन चर्च रहेको र धर्म परिवर्तन गराउन विभिन्न रणनीति अपनाइने गरेको बताइन्छ । यो धर्म प्रचार संस्था अर्थात चर्चद्वारा सञ्चालित गतिविधिमा जतिसक्दो धेरै सन्तान जन्माउनलाई प्रशिक्षण र प्रोत्साहन दिइन्छ । जसले विश्व इसाईकरण अभियानमा सफलता मिलोस् भन्ने लक्ष्य राखिएको छ यो चर्च मातहतबाट कोको कहिले–कहिले कुन–कुन देशमा भ्रमण गरे । उनीहरुले के–कति नाजायज फाइदा लिइ नेपाली राष्ट्रियता र राष्ट्रिय संस्कृति विरुद्ध धावा बोले यसबारे व्यापक रुपमा अनुसन्धान गर्नु जरुरी छ ।


(प्रतिस्पर्धा साप्ताहिकमा प्रकाशित)

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM