भारतीय ज्वाइँलाई छोरा भनि नागरिकता दिलाउन खोज्ने महिला पक्राउ

0

जनकपुरधाम : महोत्तरीको औरही नगरपालिका–३ स्थित एक महिलाले भारतीय नागरिक ज्वाईँलाई नेपाली नागरिकता दिलाउन आफ्नै छोरा भन्दै विवरण पेश गरेकोमा प्रहरीले पक्राउ गरेको छ ।

औरहीकी ३९ वर्षीया शिवो देवीले ज्वाईँ २१ वर्षीय राजपाल सहनीलाई आफ्नै जेठो छोरा सरोज सहनीको नाममा नागरिकता बनाउन कागजात पेश गरेकी हुन् । भारतको बिहारस्थित मुजफ्फपुर शिबदाशपुर दौहा–६ बस्ने देवीका जेठो ज्वाईँ पनि पक्राउ परेका छन् ।

भारतीयलाई नेपाली नागरिकता दिन झुठो विवरण पेश गरेको भन्दै प्रहरीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले राजपालको साथबाट भारत सरकारले जारी गरेको आधा कार्ड र मोटरसाइकलको लाइसेन्स पनि बरामद गरेको छ ।

घटनापछि दुबैजनामाथि झुठो विवरण पेश गरी नेपाली नागकिरता लिन खोजेको कसुरमा मुद्दा दर्ता गरी कारवाही थालेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्